चीनको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा

Sagarmatha Post
Sagarmatha Post २८ चैत्र २०८१, बिहीबार
2 Min Read
Aa

काठमाण्डौं । चीन भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले चीनले गरेको विकास नेपालका लागि प्रेरणा भएको बताएकाछन ।

सि पि सिको अन्तर्राष्ट्रिय बिभागको निम्तोमा चीनको चोङ्किङ पुगेका शर्माले चिनियाँ सरकारी टोलीसँगको वार्तामा यो कुरा बताएका हुन् ।बिचार गोष्ठीको क्रममा आफ्नो धारणा राख्दै माओवादी नेता शर्माले नेपाल चीन सम्बन्धको ७० वर्ष पुगेको विषय उल्लेख गरे । उनलेे माओवादी क्रान्तिको प्रेरणा चिनियाँ कम्युनिष्ट पार्टी भएकोसमेत बताए । उनले चिनियाँ र नेपालबीच नागरिकदेखि नागरिक सम्मको सम्बन्ध झन बलियो हुँदै गएको उल्लेख गरे ।

समाजबादको बाटो नेपालले अंगिकार गरिसकेको अवस्थामा यसका लागि चीनको सहयोग झन आवश्यक रहेको उनले बताए ।नेपालमा अहिले बहुदलीय व्यवस्था भएपनि लक्ष्य समाजबाद भएको बताउदै उनले यो तत्कालको लागि मात्र भएको जानकरी दिए । माओवादी केन्द्र समाजबादी बिचारबाट बिचलित नभएकोले चीनको साथ आवश्यक भएको धारणा राखे ।

प्रचण्ड नेतृत्वको सरकारले भ्रस्टाचारिहरुलाइ कारबाहीको दायरामा ल्याउदा आफ्नो सरकार हट्नु परेको उनको भनाइ थियो ।चीनको बिकासले नेपाललाइ उत्साहित गरेकाले चिनियाँ विकास मोडल नेपालले अवलम्बन गर्नुपर्ने उनको भनाई थियो ।छोङ्छिङ कृषी बिज्ञान एकेडेमी र भरतपुर नगरपालिकाले एम ओ यु गरिसकेको उल्लेख गर्दै यस्तो बिषयले नेपाल चीन बिचको सम्बन्धलाई थप गहिरो बनाउदै लाने पनि शर्माले बताए ।

तेस्तै कार्यक्रममा चिनियाँ नेता लुइ झिआउले छोङ्छिङ र नेपालबिच एउटा छुट्टै सम्बन्ध बन्नेमा बिश्वास रहेको उल्लेख गरे ।

त्यस्तै अर्को एउटा कार्यक्रममा सीपीसी पार्टी स्कुलको पुर्ब उप प्राध्यापक लुओ जिओ मोइले चीन बिकासको लागि चीन र सि चिन्फिङले अबलम्बन गरेको बाटो विषय जानकारी गराइएको थियोे ।

कार्यक्रममा चीनले सदैब आफ्नो जनतालाई प्रमुख प्रथमिकतामा राखेको जननकरी दिइएको थियो । देश र जनताको बिकासको लागि कहिलेकाही निर्मम पनि बन्नु पर्ने भन्दै आफ्नै नजिकको मान्छे भ्रस्टाचार गर्छ भने कडा कारबाही गर्न पछि हट्न नहुने आफ्नो धारणा चीनले स्पष्ट पारेको थियोे ।

No description available.

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्