दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा पनि नहुने

Sagarmatha Post
Sagarmatha Post २९ चैत्र २०८१, शुक्रबार
1 Min Read
Aa
प्रदेश रङ्गशाला को वीरेन्द्रनगरमा निर्माणको अन्तिम चरणमा पुगेको प्रदेश गौरवको आयोजना प्रदेश रङ्गशाला । १ अर्ब ४७ लाख ४७ हजार ६ सय रुपैँया लागतमा निर्माण हुन लागेको रङ्गशालामा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ । रङ्गशालाको हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको बताइएको छ। तस्बिरः सुरेश आचार्य / रासस

काठमाडौँ , दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा पनि नहुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आज बसेको १२२औं बोर्ड बैठकले १०औं राष्ट्रिय खेलकुद स्थगित गर्ने निर्णय गरेको हो । दशौँ राष्ट्रिय आगामी जेठ ३-१० गतेसम्म कर्णाली प्रदेशमा गर्ने तयारी थियो । २०७९ मा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा भएको थियो भने १०औं खेलकुद २०८१ मा असोजमा कर्णाली प्रदेशमा ‍गर्ने निर्णय भएको थियो ।

असोजका लागि तयारी नपुगेको भन्दै यही चैत २३ गतेदेखि ३० सम्मका लागि तय गरिएको थियो । उक्त समयमा पनि तयारी नपुगेको भन्दै जेठका लागि नयाँ मिति तोकियो । तर, सो समयमा पनि राष्ट्रिय खेलकुद गर्न नसकिने भन्दै बोर्ड बैठकले स्थगित गरेको हो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्