तारकेश्वरका सबै सरकारी विद्यालयका विद्यार्थीहरुको एउटै ड्रेस कोर्ड लागुगर्ने नगरपालिकाको निर्णय, यस्तो छ ड्रेस कोर्ड

Sagarmatha Post
Sagarmatha Post २९ चैत्र २०८१, शुक्रबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाले नयाँ शैक्षिक सत्र २०८२ देखि नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई एउटै ड्रेस कोर्ड लागु गर्ने निर्णय गरेको छ ।
नगरपालिकाको आज बसेको ६४ औं कार्यपालिका बैठकले नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको एकरुपताका लागि एउटै ड्रेस कोर्ड लागुगर्ने निर्णय गरेको नगरप्रमुख कृष्ण हरि महर्जनले बताउनुभयो । ड्रेसकोर्ड लागुभएसंगै तारकेश्वर नगरपालिका भित्रका सरकारी विद्यालयका विद्यार्थीहरुको एउटै खालको नयाँ ड्रेस हुनेछ ।
यस्तो छ ड्रेस कोर्ड
सर्ट लाईट ग्रे अफ ह्वाईट कलर
पाइन्ट ग्रे कलर
टाई डार्क ब्लु कलर
छालाको जुत्ता कालो कलर
मोजा ग्रे कलर
स्विटर/कोर्ट न्याभी ब्लु कलर

नयाँ भर्नाका लागि घर दैलो अभियान सञ्चालन गर्न निर्देशन
कार्यपालिका बैठकले तारकेश्वर नगरपालिकाका सामुदायिक विद्यालयहरुलाई संस्थागत विद्यालयहरुको जस्तै बैशाख १५ गते सम्म घरदैलो अभियानमा सञ्चालन गर्नका लागि निर्देशन दिने निर्णय गरेको नगरप्रमुख कृष्ण हरि महर्जनले जानकारी दिनुभयो ।
कार्यपालिका बैठकमा नगरप्रमुख कृष्ण हरि महर्जन, प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद आचार्य, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतको उपस्थीति रहेको थियो ।

May be an image of 10 people, television and table

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्