काठमाण्डौं । तारकेश्वरका सहकारीहरुलाई व्यवस्थीत बनाउनका लागि तालिम कार्यक्रम आयोजना गरिएको छ । तारकेश्वर नगरपालिकाको आयोजनामा सहकारी संस्थामा नेतृत्व तथा संस्थागत विकास सम्बन्धी तालिमको आयोजना गरिएको हो । चैत २८ गतेबाट शुरु भएको यस कार्यक्रम आज २९ गते सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका प्रशिक्षक नवीन मैनालीले सहकारी संस्थामा नेतृत्व सम्बन्धी बिषयमा प्रशिक्षण दिई सहभागीहरुलाई प्रमाणपत्र बितरण गर्नुभयो । यस कार्यक्रमको संचालन सहकारी प्रमुख अधिकृत तिर्थ राज थापाले गर्नुभएको थियो ।
तारकेश्वरका सहकारीलाई व्यवस्थीत बनाउन तालिम आयोजना


प्रतिक्रिया दिनुहोस्