तारकेश्वर नगरपालिकाको ६४ औं कार्यपालिकाले गर्यो यस्तो लोकप्रिय निर्णयहरु

Sagarmatha Post
Sagarmatha Post २९ चैत्र २०८१, शुक्रबार
2 Min Read
Aa

काठमाण्डौं । तारकेश्वर नगरपालिकाको ६४ औं नगर कार्यपालिकाको बैठकले लोकप्रिय निर्णयहरु गरेको छ । नगर प्रमुख श्री कृष्ण हरि महर्जनको अध्यक्षतामा बसी देहाय बमोजिमको निर्णय गरियो ।
 तारकेश्वर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, आम नगरवासी, आमा–बुबा, दाजु–भाई तथा दिदि–बहिनी लगायत स्वदेश तथा बिदेशमा रहनुभएका सम्पूर्णमा यस नगरपालिकाको तर्फबाट नयाँ बर्ष २०८२ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त ।
 तारकेश्वर नगरपालिकाको १६ औ नगरसभा बाट स्वीकृत कार्यक्रम कोख देखि शोक सम्म मिति २०८२ बैशाख १ गते देखि कार्यान्वयनमा ल्याउने ।
 शैक्षिक सत्र २०८२ को भर्ना अभियान मिति २०८२÷१÷१५ गते सम्म घर दैलो तथा प्रचार प्रसार गरि अभियानको रुपमा संचालन गर्न सम्पूर्ण सामुदायिक बिद्यालयहरुलाई निर्देशन गर्ने ।
 सामुदायिक विद्यालयमा अध्ययनरत प्रारम्भिक बाल बिकास देखि कक्षा ५ सम्म अध्ययनरत बिद्यार्थीलाई संघीय सरकारबाट प्राप्त हुने दिवा खाजा भत्तामा पालिकाको तर्फबाट रु. १०÷– थप गरि शैक्षिक सत्र २०८२ बैशाख १ गते देखि लागु गर्ने ।
 अन्तराष्ट्रिय योग खेल महासंघ (क्ष्थ्क्ँ) को आयोजनामा २०२५ अप्रिल ५ देखि ६ सम्म मलेसियाको साईबर जायामा सम्पन्न १६औ विश्व योगासना च्याम्पियनसिप–२०२५ मा विश्वका ४० भन्दा बढी देश सहभागी भएको यस प्रतियोगितामा नेपालको तर्फबाट सहभागी भई १२–१४ वर्ष उमेर समुहमा प्रथम हुने खेलाडी प्रत्युषा खतिवडा र पुरुष तर्फा ९–११ बर्ष उमेर समुहमा द्दितीय स्थान प्राप्त गर्ने खेलाडी अमित पटेललाई सम्मान स्वरूप पुरस्कार प्रदान गर्ने ।
 तारकेश्वर नगरपालिका अन्तर्गतका सामुदायिक बिद्यालयहरुमा बिद्यार्थीहरुको पोशाकमा एकरुपता कायम नभएकोले एकरुपता कायम गर्न शैक्षिक सत्र २०८२ देखि ड्रेस कोड लागु गर्ने ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्