मनमैजु युवा समुहको आयोजनामा भोली बैशाख १ गते मनमैजु मन्दिरमा भव्य कन्सर्ट हुंदै, प्रवेश निःशुल्क

Sagarmatha Post
Sagarmatha Post ३१ चैत्र २०८१, आईतवार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । मनमैजु अजिमा जात्राको भोली चौथो दिन मनमैजु युवा समुहको आयोजनामा दिँउसो तारकेश्वर नगरपालिका वडा नं ९ स्थीत मनमैजु मन्दीर परिसरमा १२ औं बृहत सांस्कृतिक तथा कन्सर्ट कार्यक्रम हुंदैछ ।
मनमैजु जात्राको अवसरमा हुन गइरहेको सांस्कृतिक तथा कन्सर्ट कार्यक्रममा ख्याती प्राप्त राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रस्तुती रहेको मनमैजु युवा समुहका अध्यक्ष हिरालाल महर्जनले बताउनुभयो । मनमैजु मन्दीर परिसरमा हुन गइरहेको कन्सर्ट कार्यक्रममा प्रवेश निशुल्क रहेको अध्यक्ष महर्जनले बताउनुभयो । दिउँसो १२ बजे पछि हुने कन्सर्टको लागि सम्पुर्ण तयारी पुरा भएको मनमैजु युवा समुहले जनाएको छ ।
कन्सर्टमा द अस्त्र र द फ्युजन व्याण्डको विशेष प्रस्तुती रहनेछ । कन्सर्टमा गायिका सरु गौतम, नविना सिलुवाल (खुईली), निभा डंगोल लगायतका कलाकारहरुको उपस्थीति रहनेछ । कन्सर्टमा फुसिंख्य मनमैजु धिमे प्याँखा, बज्रहाराही धिमे खल फुसिंख्य, श्री नेवा धिमे खलको विभिन्न प्रस्तुती समेत रहने छ । कन्सर्टमा स्थानिय कला क्षेत्रलाई प्रबद्र्धन गर्नका लागि यस पटक स्थानीय कलाकारहरु तथा विद्यालयहरुको समेत प्रस्तुती रहेको मनमैजु युवा समुहका उपाध्यक्ष रामकृष्ण महर्जनले बताउनुभयो ।
कन्सर्ट कार्यक्रमलाई तारकेश्वर नगरपालिका तथा वडा न ९ र १० सहित बिभिन्न संघ, संस्था र दाताहरुको सहयोग रहेको सचिब सुनिल महर्जनले बताउनुभयो छन् । कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन सहित नगरपालिकाका जनप्रतिनिधिहरु, व्यवसायी, सामाजिक अभियन्ताहरु, राजनीतिक दलका प्रतिनिधिहरु लगायतलाई आमन्त्रण गरिएको समुहका अध्यक्ष महर्जनले बताउनुभयो ।
मनमैजु युवा समाजले कार्यक्रममा सहभागी भएर मनोरञ्जन लिनका निम्ती सबैलाई अनुरोध समेत गरेको छ । कार्यक्रमको सगरमाथा पोष्ट डट कम अफिसियल मिडिया पार्टनरको रुपमा रहेको छ । कार्यक्रमका गतिविधिहरु सगरमाथा पोष्ट तथा फेसबुक पेजबाट जानकारी पाउनुहुनेछ ।
मनमैजु युवा समुह तारकेश्वरमा सामाजिक र परोपकारी कार्यमा अग्रणी संस्थाको रुपमा पहिचान बनाउन सफल भएको छ । संस्थाले भुकम्प र कोरना महामारीको समयमा समेत बिभिन्न परोपकारी कामहरु गरेको थियो ।

May be an image of ‎1 person and ‎text that says '‎ተባዮያ शत्भार বনমযননাस सাपरंন ي मनमैजु युवा समहको 92 औं बृहत मांसकृतिक तथा कन्मर्ट कार्यक्रम २०८२ SARUGAUTAM (Singer) NAWINASILWAL (Khuili) KRISHMA/MAHARJAN MAHARJAN KRISHMA QMster日 ဂမှ့ फुसिंख्य मनमेजु धिमे प्याखं NIVADANGOL (Singer) बझवासाहੂੰ शिमेखल पराज्य श्रीनेवा धीमे: खल ANGELPANDEY ¡Masitur oлy) मिति ၃၀၀၃ वैशास गते, सोमबार समर बिहान बजे देख स्थान ता.न.पा-९ काठमाडों (अजिमा मन्दिरको प्राष्णमा) THEFUSIONBAND Supported By: THEASTRABAND BAND तारकेश्वर नगरणलिका বববদ 90 व.बडा कर्यालय मनमेजु Sound Partner: NITISHA-MAMANDHAR NITISHAI ¡Manter |Manterfceremonyl Media Partner: तारकेश्वर नगरणालिका ل d.a5 कर्यालय मनमंग समरमाथा पोष्ट‎'‎‎

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्