नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीबीच ५ बुँदे सहमति, के छ सहमतीमा ?

Sagarmatha Post
Sagarmatha Post ३१ चैत्र २०८१, आईतवार
2 Min Read
Aa

चीन भ्रमणमा रहेको माओवादी प्रतिनिधि मन्डलले भ्रमणका दौरान चिनियाँ कम्युनिस्ट पार्टी छोङछिङको पार्टी स्कुल र माओवादी केन्द्रको सुदूरपस्चिम प्रदेशको पार्टी स्कुलबिच सहमति गरेको छ ।

सम्झौता पत्रमा दुबै पार्टीका प्रतिनिधिले हस्ताक्षर गरेकाछन् ।सम्झौता पत्रमा पार्टी निर्माण, राज्य सरकार सहयोग, कार्यकर्ता प्रशिक्षण, पार्टी स्कुल विकास, कार्यकर्ता शिक्षा, तालिम प्रणाली, पाठ्यक्रम निर्माण, सिकाइ प्रणालीको विकास, माक्सवादको नवीन विकास, माक्र्सवादको सैद्धान्तिक र व्यवहारिक प्रयोग, प्राज्ञिक चिन्तन र वहस, द्विपक्षीय उच्चस्तरीय भ्रमण, संयुक्त गोष्ठी र सम्मेलन लगायत रहेकाछन् ।

नेपाली प्रतिनिधि मन्डल प्रमुख दिनानाथ शर्मा र सि पि सिको अन्तर्राष्ट्रिय बिभागका निर्देशक चाङ जु जिङको उपस्थितिमा यो सम्झौता भएको हो।यो ५ वर्षको लागि सम्झौता भएको हो । हरेक ५ वर्षमा सम्झौता नवीकरण गर्नुपर्नेछ ।५ दिने छोङ्छिङ भ्रमणको अन्तिम दिन टोली नेता दिनानाथ शर्माले भ्रमणले दुई राष्ट्र बीच बिकसित भएको सम्बन्धलाई थप बलियो बनाउन मद्दत गर्ने बताए । भ्रमणले
समाजबादी क्रान्तिलाई साम्यवाद तिर अग्रसर गराउन पनि महत्त्वपूर्ण भुमिका खेलेको धारणा राखे ।जनताको जिवनस्तर सुधार गर्दै छोटो समयमा छोङ्छिङ लगायतका अरु क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै चीनले अंगिकार गरेको बिकाशको मोडेललाई नेपालले पनि अनुसरण गर्नु पर्ने शर्माको भनाइ थियो ।

त्यस्तै, सीपीसीको अन्तर्राष्ट्रिय बिभागका निर्देशक चाङ जु जिङले नेपाल चीन सम्बन्धको ७० वर्ष पुगेको बेला भएको यो भ्रमणले दुई देश बीचको सम्बन्धमा थप ईटा थपेको उल्लेख गरे ।उनले छोङछिङ र नेपालको भुगोल र जनसंख्या उस्तै उस्तै भएको उल्लेख गर्दै नेपाल संग चीनको गहिरो सम्बन्ध रहेको धारणा राखे ।यस्तो भ्रमणले चीन नेपाल सन्बन्धलाई थप उचाइमा लैजाने उनको बिश्वास थियो ।चीनिया प्रधानमन्त्रीले छिमेकीहरु संग सधै सुमधुर सम्बन्ध राख्ने नीति लिएको अन्य चिनियाँ नेताहरूले बताएका थिए ।छिमेकी रास्ट्रहरुको बिकास, शिक्षा लगायत को विषयमा पनि चीनले सधै साथ उनीहरूले बताएbका थिए । ५ दिने भ्रमणको दौरान नेपाली टोलिले थुप्रै ऐतिहासिक तथा पर्यटकिय क्षेत्रहरुको भ्रमण गरेको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्