अपांगता भएका व्यक्ति तथा अविभावकहरुलाई ५ दिने धुप बनाउने तालिम सम्पन्न

Sagarmatha Post
Sagarmatha Post ३१ चैत्र २०८१, आईतवार
1 Min Read
Aa

काठमाण्डौं । अपाङ्गता भएका ब्यक्तिहरु वा अभिभावकहरुलाई सीप विकास सम्बन्धी बाटेको धुप बनाउने ५ दिने तालिमको समापन भएको छ ।
चैत २७ गते देखि संचालन भएको कार्यक्रम चैत्र ३१ गते सम्पन्न भएको हो । नगर प्रमुख कृष्ण हरि महर्जनको उपस्थीतिमा कार्यक्रम सम्पन्न गरिएको हो । सो अवसरमा नगरप्मुख महर्जनले अपांगता भएका व्यक्ति तथा परिवारहरुलाई स्वरोजगार बनाउनका लागि तालिम आयोजना गरीएको बताउनुभयो । यस कार्यक्रमको संचालन शाखा प्रमुख प्रतिमा मिश्रले गर्नुभएको थियो । विभिन्न वडाका अपाङ्गता महिलाहरु सहभागी कार्यक्रममा नगर प्रमुख ज्युले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्