तारकेश्वरको योगलाई विश्वसामु चिनाउने रोजमेरीका खेलाडी तथा प्रशिक्षकलाई तारकेश्वर नगरपालिकाद्धारा नगद सहित सम्मान

Sagarmatha Post
Sagarmatha Post १ बैशाख २०८२, सोमबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वरको योगलाई विश्वसामु चिनाउने तारकेश्वर ७ फुटुङ स्थीत रोजमेरी आईडल बोडिङ स्कुलका खेलाडी तथा प्रशिक्षकहरुलाई तारकेश्वर नगरपालिकाले नगद सहित सम्मान गरेको छ ।
नयाँ बर्षको अवसरमा धर्मस्थली स्थीत नगरपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख कृष्ण हरि महर्जनले प्रतियोगितामा स्वर्ण पदक बिजेता प्रत्यूषा खतिवडालाई नगद रु २५ हजार सहित प्रमाणपत्र र रजत पदक बिजेता अमित पट्टेललाई नगद रु १५ हजार र प्रमाणपत्र सहित सम्मान गर्नुभयो । सो अवसरमा रोजमेरीका योग प्रशिक्षक राजेश न्यौपाने लाई नगद रु १० हजार र प्रमाणपत्र सहित सम्मान गरिएको छ । नगरपालिकाको ६४ औं कार्यपालिका बैठकले तारकेश्वरको योगलाई विश्वमा चिनाउने खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गर्ने निर्णय गरेको थियो ।
अन्तराष्ट्रिय योग खेल महासंघ (क्ष्थ्क्ँ) को आयोजनामा २०२५ अप्रिल ५ देखि ६ सम्म मलेसियाको साईबर जायामा सम्पन्न १६औ विश्व योगासना च्याम्पियनसिप प्रतियोगितामा विश्वका ४० भन्दा बढी देशको सहभागीता रहेको खेलमा १२–१४ वर्ष उमेर समुहमा छात्रा तर्फ मलेसीयाकी खेलाडीलाई होम ग्राउण्डमै पराजीत गदै रोजमेरीकी प्रत्युषा खतिवडाले स्वर्ण र छात्र तर्फ ९–११ बर्ष उमेर समुहमा रोजमेरीका अमित पटेलले रजत पदक प्राप्त गरेका थिए । प्रतियोगितामा प्रथम बनेकी खतिवडा रोजमेरीमा कक्षा ७ र पट्टेल कक्षा ५ मा अध्ययनरत रहेको छन् ।
प्रतियोगितामा नेपालभरका ३० विद्यार्थीहरु सहभागी भएको थिए भने अमेरीका, भारत, मलेसिया सहित ४० देशका खेलाडीहरु प्रतियोगितामा प्रतिष्पर्धा गरेका थिए ।
नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्य, तारकेश्वर नगरपालिकका प्रवक्त एवं वडा नं २ का अध्यक्ष राधाकृष्ण खडगी, वडा नं ३ का अध्यक्ष परशुराम अर्याल, वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठ, वडा नं ७ का अध्यक्ष सानुकाजी खत्री, वडा नं १० का अध्यक्ष कुमार राई, शिक्षा शाखा प्रमुख पदम बा खत्री, शिक्षा समिति सदस्य राजेन्द्र प्रसाद तिमिसीना, तारकेश्वर नगर प्याव्सनका अध्यक्ष गोपाल बुढाथोकी, ओप्सका अध्यक्ष लोकेन्द्र बा खड्का,रोजमेरी आईडलका प्रिन्सीपल दुर्गा प्रसाद दाहाल सहित कार्यपालिका सदस्यहरु, जनप्रतिनिधिहरु, पत्रकार तथा सञ्चारकर्मीहरु, कर्मचारीहरु, नगरप्रहरी, शिक्षकहरु लगायतको उपस्थीति रहेको थियो ।

May be an image of 10 people, dais and text

May be an image of 7 people and text

May be an image of 7 people, dais and text

May be an image of 4 people, dais and text

fg

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्