जलवायु उत्थानशील कार्यको सुदृढीकरणका लागि  प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

Sagarmatha Post
Sagarmatha Post १ बैशाख २०८२, सोमबार
1 Min Read
Aa

रसुवा , विज्ञान र परम्परागत स्थानीय ज्ञानको सम्मिलन : स्थानीय जलवायु उत्थानशील कार्यको सुदृढीकरणका लागि  प्रशिक्षक प्रशिक्षण तालिम (TOT) कार्यक्रम धुन्चे स्थित सनसाइन होटलमा  सम्पन्न भयो । पाँचदिनसम्म सञ्चालन भएको तालिम डिभिजन वन कार्यालय रसुवा , राष्ट्रिय प्रकृ‌ति संरक्षण कोष गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ रसुवाको समन्वयमा सुरू भएको हो ।

तालिममा डिभिजनल वन अधिकृत शम्भु तामाङ,  लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षाण अधिकृत श्याम कुमार शाह, राष्ट्रिय प्रकृ‌ति संरक्षण कोष गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाका तालिम संयोजक सुनिल सापकोटा, सामुदायिक वन उपभोक्ता महासंघ रसुवाका अध्यक्ष ह्रमनाथ खतिवडालगायतले सहजिकरण गरेका थिए । समापन कार्यक्रममा  सहभागीका तर्फबाट डुण्डु तामाङ र पुतली लो, प्रमुख अतिथी गोसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुपु तामाङ, प्रशिक्षाक शम्भु तामाङ र  सुनिल सापकोटाले मन्तव्य दिए ।

प्रमुख अतिथी तामाङले प्रमाणपत्र प्रदान गर्दै तालिममा सिकेका सीपहरू समुदाय तहमा ब्यहवहारमा उतार्नुपने बताए । उनले स्थानीय तहसँग समन्वय गरेर काम गर्न समेत अनुरोधगरेका थिए ।  तालिममा पाँच वटै गाउँपालिकाबाट गरी २१ जना सहभागी थिए ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्