जाजरकोट केन्द्रबिन्दु बनाएर लगातार भूकम्पको धक्का

Sagarmatha Post
Sagarmatha Post २ बैशाख २०८२, मंगलवार
1 Min Read
Aa

काठमाण्डौं । पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर लगातार भूकम्प गइरहेको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूगर्भविद् लोकविजय अधिकारीका अनुसार मंगलबार बिहान जाजरकोटको पैंकमा ४ः५३ बजे ४।४ म्याग्निच्युडको भूकम्प गएको छ।
उनले सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा पैंकमै ४।१ म्याग्निच्युडको को भूकम्प गएको बताए।कुशे गाउँपालिकाको पैंकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण कुनै क्षति भए– नभएकाबारे कुनै विवरण भने प्राप्त भएको छैन। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गत चैत २१ गते साँझ ९८।०७० र ९८।१०० सोही स्थानलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको थियो। पहिलो भूकम्प ५।२ र दोस्रो भूकम्प ५।५ म्याग्निच्युडका थिए । सो भूकम्पका कारण केही घरमा सामान्य क्षति पुगेको थियो।
यस्तै, गत चैत २० गते दार्चुलामा ४ म्याग्निच्युडको भूकम्प गएको थियो। गत चैत १२ गते हुम्लालाई केन्द्रबिन्दु बनाएर ४।५ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्