मनमैजु युवा समुहको आयोजनामा मनमैजु मन्दिरमा साँस्कृतिक कार्यक्रम तथा कन्सर्ट सम्पन्न, दर्शकले खचाखच कन्सर्टको तारकेश्वर नगरप्रमुख महर्जनद्धारा उदघाटन

Sagarmatha Post
Sagarmatha Post २ बैशाख २०८२, मंगलवार
3 Min Read
Aa

काठमाण्डौं । मनमैजु युवा समुहको आयोजनामा हिजो नयाँ बर्षको दिन बैशाख १ गते तारकेश्वर नगरपालिका वडा नं ९ स्थीत मनमैजु मन्दीर परिसरमा १२ औं बृहत सांस्कृतिक तथा कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ ।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ५ हजार भन्दा दर्शकको उपस्थीति रहेको थियो । नयाँ बर्षको दिन आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख कृष्ण हरि महर्जनले उपस्थीत दर्शकलाई लामो भाषण नगरी नयाँ बर्षको सुभकामना दिएर कार्यक्रमको सुभारम्भ गर्नुभयो । कार्यक्रममा उपस्थीत दर्शकहरुलाई मन्तव्य भन्दा पनि मनोरञ्जनात्मक प्रस्तुतीमा रमाउन भन्ने उदेश्यले नयाँ बर्षको मात्र सुभकामना दिएको नगरप्रमुखले बताउनुभयो । उहाँले भन्नुभयो “हामी राजनीति गर्ने नेताहरुले भाषण र मन्तव्यलाई मात्र ध्यान दिंदा कहिलेकाँही दर्शकहरु माथी अन्याय हुन्छ त्यसैले आज सुभकामना मात्र दिए”
मनमैजु युवा समुहका अध्यक्ष हिरालाल महर्जनको सभापतित्वमा सम्पन्न उदघाटन कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं १० का अध्यक्ष कुमार राई, वडा सदस्यहरु उज्जवल अधिकारी, रत्नमायाँ परियार, श्याम कृष्ण महर्जन, विक्रम महर्जन लगायत जनप्रतिनिधिहरु, समाजसेवीहरु, कलाकारहरु लगायतको उपस्थीति रहेको थियो ।
कन्सर्टमा नविना सिलवाल (खुइली)को प्रस्तुतीले दर्शकहरु मन्त्रमुग्द बनेका थिए । खुईलीले कन्सर्टमा सहभागी भएका बालबालिकाहरुलाई मञ्चमै बोलाएर नचाँउदै आफुलाई भाउजु बनाउन हिम्मतवाला दाईहरुलाई पठाउन भन्दै व्यङग्य समेत गरेकी थिईन् । कन्सर्टमा द अस्त्र र द फ्युजन व्याण्डको समेत विशेष प्रस्तुती रहेको थियो । कन्सर्टमा गायिका सरु गौतमले गित गाँउदा दर्शकहरुले निकै साथ दिए ।
निभा डंगोलले आफु नेवा गित मात्र गाउने भन्दा नेवा गित नबुझ्ने दर्शकहरुले भने मन खुम्च्याए । कन्सर्टमा फुसिंख्य मनमैजु धिमे प्याँखा, बज्रहाराही धिमे खल फुसिंख्य, श्री नेवा धिमे खलको विभिन्न प्रस्तुती समेत रहेको थियो । कन्सर्टमा स्थानिय कला क्षेत्रलाई प्रबद्र्धन गर्नका लागि यस पटक स्थानीय कलाकारहरु तथा विद्यालयहरुको समेत प्रस्तुती रहेको थियो । जस्मा रोजमेरी आईडलका बोडिङका विद्यार्थीको प्रस्तुतीले दर्शकको मनमात्र जितेन उनिहरुको प्रस्तुतीमा दर्शकहरुले हुटीङ समेत गरे ।
१२ बर्ष देखि युवा समुहले आयोजना गदै आएको कन्सर्ट कार्यक्रमलाई तारकेश्वर नगरपालिका, तारकेश्वर नगरपालिका वडा न ९ र १० सहित बिभिन्न संघ, संस्था र दाताहरुको सहयोग रहेको सचिब सुनिल महर्जनले बताउनुभयो । कार्यक्रममा सहयोग गर्ने सहयोगी दाताहरुलाई आयोजक मनमैजु युवा समुहले सम्मान तथा मायाँको चिनो प्रदान गरेको थियो ।
कार्यक्रमको सगरमाथा पोष्ट डट कम अफिसियल मिडिया पार्टनरको रुपमा रहेको थियो । आयोजकले कार्यक्रमको प्रचारप्रसारमा सहयोग गरे बापत मिडिया पार्टनर सगरमाथा पोष्टका सम्पादक रबिन प्रसाद थपलिया र फरकपत्र डट कमका पत्रकार शुसान्त न्यौपानेलाई मायाँको चिनो प्रदान गरेका छन् ।
मनमैजु युवा समुह तारकेश्वरमा सामाजिक र परोपकारी कार्यमा अग्रणी संस्थाको रुपमा पहिचान बनाउन सफल भएको छ । संस्थाले भुकम्प र कोरना महामारीको समयमा समेत बिभिन्न परोपकारी कामहरु गरेको थियो ।

May be an image of 6 people, dais and text

May be an image of 6 people and text that says '੯ कार्यक्रम- कारयक्रम-२०२ 2002'

ddf

May be an image of ‎8 people, people smiling, people dancing and ‎text that says '‎HάWμήχ Dd방다 मनमेजु-म. २०६द काठमाडी 92 १ १आबृद ॐँ बृहत सास्रकृत SS OFF-Whi OFF -whi MIAM APE مه‎'‎‎

May be an image of one or more people and crowd

May be an image of 8 people, flute and text that says 'मनमैजु युवा समहको र्ौँ बृहत मांस्कृतिक तथा कन्मार्ट कार्यक्रम (Khuili) KRISHMAMAHARJAN KRISHMAMA MAHARJAN (Master of of ceremony S फुसि 今の वज्वाराही धिमे खत'

May be an image of ‎1 person and ‎text that says '‎मनमैज युवा समाहा समूहक 92 जंँबृहत औ सास्कृतिक तथा कन्मार्ट कार्यक्रम- २०८२ SARUGAUTAM И6EИKИWb Kiulnk PRISHHAMAHARJAN PRISHMA ๙มลมาลรุที फुसिख्य मनमेजु धिमे प्याख वजवाराही धिमे खल फु्सीख्य ANGELPANDEY PANDEY (Master of ceremony) מידית ANBAND pborted By: THEASTRA GC ND रकेरचर बगर भरदकय পনববুদरিी a5i कार्याल्य तारकेश्वर नग रणल নীবদগম नবহাनম্ধ वडा कार्यालर NITISHAMANANDHAR (Master coremony) Sound SoundPartner: Partner: Media Partner: 23አበማ228፡1..... แอรัดนวยจวร Marshall सग सगरमाथा पोष्ट 小‎'‎‎

May be an image of ‎6 people, violin, guitar, speaker, flute and ‎text that says '‎কঙरमীশ मनमैजु युवा समहको 92 औ बहत सांस्कृतिक तथा कन्मर्ट कार्यक्रम २०८२ PRUGAUTAM (Singn NAWINASILWAL Iingert फुसिखव्य फ सिंख्य मह धिमे प्या्रा बजवासाही चिमेखल फरर سنیی LPANDE JAKAH HE FUSION HEFUSIONPITED RAAD Supportec STRABAND BAND ISTRA NITISI रकेश्वर रकेशर নাধবসব Sound Part- a0 কम Futuretd चिरायु தின सझकागी मंगा নিন Future Learning Educational Hub STUDY IN JAPAN ROSENARY AOARDING SCHOOL SURc ราวอน ADMISSION OPEN 2082 FromNursery From Crunchy Friet Manamaiju, Forreservations/ beaking ICKEN‎'‎‎

May be an image of ‎12 people and ‎text that says '‎و मनतिज युवा सम्मतको १औबृहत ្ १२औ बृहत सांस्कृतिक तथा कन्सर्ट कार्यक्रम 0၀ வா்மர்க सहकारी 4‎'‎‎

fg

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्