दुर्गा प्रसाई माथी ज्यान मार्ने उद्योगमा समेत कारबाही हुने, प्रहरीले थाल्यो अनुसन्धान

Sagarmatha Post
Sagarmatha Post २ बैशाख २०८२, मंगलवार
1 Min Read
Aa

काठमाण्डौं । काठमाडौंको तीनकुनेमा ज्यान मार्ने उद्देश्यले प्रहरीमाथि गाडी चलाउन खोजेको घटनामा दुर्गा प्रसाईंमाथि ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान सुरू भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनीमाथि ज्यान मार्ने उद्योग कसुरमा पनि अनुसन्धान अघि बढाएको स्रोतले बतायो। स्रोतका अनुसार उनीविरूद्ध चैत १५ गते फिल्डमा खटिएका प्रहरी अधिकारीहरूले निवेदन दिएका हुन्।अब म्याद थपका लागि पेस गर्दा प्रसाईंमाथि राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराधसँगै ज्यान मार्ने उद्योग कसुर पनि समावेश हुने स्रोतले जानकारी दियो।प्रसाईंले चैत १५ गते भएको आन्दोलन भड्काउन आफैले गाडी हुइँक्याएर प्रहरीमाथि नै चलाउन खोजेका थिए।
प्रहरीले उनलाई रोक्ने प्रयास गरेको भए पनि घेरा तोडेर निस्किएका थिए। उक्त घटनापछि पनि प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो। पछि उनी त्यहाँबाट फरार भई भारतको असमस्थित बक्सा जिल्‍लामा पुगेर बसेका थिए। प्रहरीले उनलाई त्यहीँबाट पक्राउ गरी काठमाडौं ल्याएको हो। उनलाई पक्राउ गरेको भएपनि प्रहरीले बयान भने लिइसकेको छैन।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्