सिक्किममा निश्चललाई स्वर्ण

Sagarmatha Post
Sagarmatha Post ६ बैशाख २०८२, शनिबार
1 Min Read
Aa

सिक्किमको ग्याङटकमा भएको उसु प्रो फाइट नाइटमा नेपालका निश्चल तामाङले स्वर्ण जितेका छन् । सिक्किमका राष्ट्रिय खेलाडीलाई पराजित गर्दै निश्चलले स्वर्ण जितेको टोलीका प्रशिक्षक राजीव महर्जनले जनाएका छन् ।प्रशिक्षक महर्जनका अनुसार सिक्किमका मुख्यमन्त्रीले निश्चललाई गार्खाली युवा पदकसहित ५० हजार भारतीय रुपैयाँबाट पुरस्कृत गरे ।निश्चलले सिक्किमका मुख्यमन्त्रीबाट युवा खेलाडीको सम्मान पाउँदा हर्ष लागेको बताउदै अझै खेल क्षेत्रमा लाग्न हौसला मिलेको बताए ।

निश्चलसहित प्रतियोगितामा मार्सल आट्र्स अर्गनाइजेसन नेपालबाट ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । बाँकी ४ खेलाडी मिलन राई, कमल आचार्य, मिलन तामाङ र विनोद श्रेष्ठ दोश्रो हुँदै जनही २०–२० हजार भारतीय रुपैयाँ नगद पुरस्कार पाएको टिम व्यवस्थापक किरण साउदले जानकारी दिए । प्रतियोगिता सिक्किम एमेच्योर उसु संघको आयोजनामा भएको हो । प्रशिक्षक महर्जनले ग्याङटकस्थित डेन होम स्टेका सञ्चालक केलन तामाङको सहयोग प्रति आभार व्यक्त गर्दै सिक्किम एमेच्योर उसु संघ र मार्सल आर्ट अर्गनाइजेसन नेपालबीच उसु खेलको विकास र विस्तारका लागि सहमति भएको जानकारी गराए ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्