काठमाडौँ , शनिबार भारतको काश्मिरमा शक्तिशाली भूकम्प गएको छ । दिउँसो १२ बजेर ३० मिनेट जाँदा ५.९ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु अफगानिस्तान र ताजिकिस्तान सीमामा जमिनको सतहबाट ८६ किलोमिटर गहिराइमा रहेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । भूकम्पको धक्का दिल्लीसम्म महसुस गरिएको थियो। भूकम्पको धक्का भारतसँगै पाकिस्तान र अफगानिस्तान पनि महसुस गरिएको थियो । आजै भारतमा दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ । बिहान आसाममा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पका कारण भएकाे मानवीय वा भौतिक क्षतिबारे समाचार आउन बाँकी छ ।
भारतको काश्मिरमा शक्तिशाली भूकम्प भारतसँगै पाकिस्तान र अफगानिस्तान पनि महसुस


प्रतिक्रिया दिनुहोस्