राष्ट्र बैंकले वर्खास्त गरेपछि नेपाल बैंकका सञ्चालक फरार, अख्तियारमा हाजिर हुन सात दिने म्याद

Sagarmatha Post
Sagarmatha Post ८ बैशाख २०८२, सोमबार
1 Min Read
Aa

नेपाल राष्ट्र बैंकले बैंक नेपाल बैंक लिमिटेडका स्वतन्त्र सञ्चालक डा चन्द्रबहादुर अधिकारीलाई बर्खास्त गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको नाममा सात दिने सूचना जारी गरेकै दिन सोमबार उनलाई राष्ट्र बैंकले ५ लाख जरिवानासहित वर्खास्त गरेको हो । यसअघि अधिकारी अर्थमन्त्री डा.प्रकाशशरण महतको पालामा बैंक अध्यक्ष नियुक्त भएका थिए । माघ २१ गते परेको उजुरीमाथि आवश्यक अनुसन्धानका लागि भन्दै अधिकारीलाई बैशाख ८ गतेको मितिबाट सात दिनभित्र उपस्थित हुन भनिएको छ । त्यो अनुसार उनी आउंदो सोमबारसम्म अख्तियारमा उपस्थित भैसक्नु पर्नेछ ।

अख्तियारले सार्वजनिक गरेको सूचनामा अधिकारीलाई भारत उत्तर प्रदेशका खुशनसिब अन्सारी र वज्जाद अन्सारीलाई समेत उपस्थित गराउन निर्देशन दिइएको छ । सूचनामा ती दुबै अन्सारीको आधार कार्ड नम्बर र भारतको पूर्ण ठेगाना पनि उल्लेख गरिएको छ ।खुसनसिव र वज्जादलाई लिएर उपस्थित हुन आदेश दिनुको पछाडिको कारण अख्तियारले नखुलाए पनि उनीहरुसंगको मिलेमतोमा नक्कली ऋणी खडा गरेरे नाममा करोडौं कर्जा प्रवाह गरेकोले अख्तियारले कारवाही प्रकृया अगाडि बढाएको नेपाल वैंक स्रोतले जानकारी दिएको छ । उनीमाथि राष्ट्र बैंकले पनि कारबाही प्रकृया शुरु गरेको बताइएको छ ।अख्तियारले कारवाही प्रकृया शुरु गरेपछि अधिकारी भने मोवाइलअफ गरेर फरार भएको अख्तियार स्रोतको दावी छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्