‘डीएसपी हुँ’ भन्दै खाना खाएर पैसा नतिर्ने एक जना नक्कली डिएसपी पक्राउ

Sagarmatha Post
Sagarmatha Post ९ बैशाख २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौँ । ‘नेपाल प्रहरीको डीएसपी हुँ’ भन्दै रेस्टुरेन्टको बिल नतिर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका-४ कुडुलेफेदी घर भएका ३२ वर्षीय चन्द्रकान्त पौडेललाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पौडेलले गत आइतबार राति पोखरा महानगरपालिका-८ सृजनाचोकस्थित रहेको ढावा रेष्टुरेन्ट एन्ड बारमा विभिन्न खानेकुरा अर्डर गरेर खाएको, पैसा तिर्ने बेलामा ‘म प्रहरीको डीएसपी हुँ भन्दै धाक धम्की दिई काउन्टरमा रहेको कर्मचारीमाथि अभद्र व्यवहार गरेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पौडेललाई हाल नियन्त्रणमा लिए अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्