अन्तर्राष्ट्रिय सैन्य अभ्यासमा स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई जङ्गी अड्डामा सम्मान

Sagarmatha Post
Sagarmatha Post ९ बैशाख २०८२, मंगलवार
1 Min Read
Aa
????????????????

मित्रराष्ट्र पाकिस्तानमा सञ्चालन भएको 8th International Pakistan Army Team Spirit (PATS) मा नेपाली सेनाको स्वर्ण पदक विजेता टोलीलाई प्रधानसेनापति महारथी श्री अशोक राज सिग्देलले आज मिति २०८२ वैशाख ०९ गते जङ्गी अड्डामा आयोजित एक कार्यक्रम बिच ‘प्रधानसेनापति प्रशंसा निशान’ द्वारा सुशोभित गर्नु भएको छ । अन्तर्राष्ट्रिय स्तरको सैन्य अभ्यासमा उत्कृष्ट नतिजा ल्याई नेपाल र नेपाली सेनाको छवि एवं गौरव बढाउन पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन स्वरूप प्रतियोगितामा सहभागी ११ जनालाई सम्मान गरिएको हो ।

२०८१।१२।२८ गतेबाट मिति २०८२।०१।०५ गतेसम्म मित्रराष्ट्र पाकिस्तानको पञ्‍जाव प्रान्तको खेरियान इलाकामा १६ राष्ट्रका २४ वटा अन्तर्राष्ट्रिय टोलीहरूको सहभागितामा सञ्चालित उक्त सैन्य अभ्यासमा सहभागी टोलीहरू बिच शारीरिक सहिष्णुता, मानसिक दृढता, पेसागत ज्ञान र रणकौशल लगायतका दक्षताहरूको परीक्षण गरिएको थियो ।   सन् २०१६ बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा नेपाली सेनाले यस अघि सन् २०२२ मा समेत सहभागी भई स्वर्ण पदक प्राप्त गरेको थियो । सम्मान कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिति रहेको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्