नेपाल प्रहरीका पुर्व आईजीपी थापाको निधन, प्रहरीले असल अविभावक गुमाएको भन्दै नेपाल प्रहरीद्धारा दुख व्यक्त

Sagarmatha Post
Sagarmatha Post १० बैशाख २०८२, बुधबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । नेपाल प्रहरीका अवकास प्राप्त दशौं महानिरिक्षक दुर्लभ कुमार थापाको निधन भएको छ । बि.सं १९८६ कार्तिक ३० गते जन्मनु भएका थापाको ९७ बर्षको उमेरमा आज निधन भएको हो । थापा २०३५ साउन देखि २०३९ जेष्ठ सम्म नेपाल प्रहरीको १० औं महानिरिक्षकको रुपमा कमाण्ड सम्हाल्नु भएको थियो ।
महानिरिक्षक थापाकै अग्रसरतामा आईजीपी निवास निर्माण, कमाण्डो तालिमको सुरूवात, पर्यटक प्रहरी र प्रहरी पहरा गण आदिको स्थापना लगायतका महत्वपुर्ण कामको सुरुवात भएको थियो । सन् २०१३ मा पूर्व प्रहरी महानिरीक्षक दुर्लभ कुमार थापा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (महाराजगञ्ज)बाट लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुनुभएको थियो ।
यसै बिच थापाको निधन प्रति नेपाल प्रहरीले दुःख व्यक्त गरेको छ । प्रहरी महानिरिक्षक दिपक थापाले आज शोक वक्तत्व निकाल्दै नेपाल प्रहरीले एक असल अविभावक गुमाएको बताउनुभएको छ । अ.प्र महानिरीक्षक थापाको निधन प्रति भावपुर्ण श्रदाञ्जली प्रकट गदै परिवारजनहरु प्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

May be a graphic of 1 person and text

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्