रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं ११ ले चालु आ.व को बार्षिक कार्यक्रम अनुसार वडाभित्र स्थायी बसोबास गर्ने नागरिकहरुलाई कम्पोष्ट विन बितरण गरेको छ ।
वडा कार्यालय नेपालटारमा हिजो आयोजीत कार्यक्रममा बिच वडा अध्यक्ष कबिराज बस्नेतले कम्पोष्टविन बितरण गर्नुभयो । सो अवसरमा वडा सदस्य एवं न्यायीक समिति सदस्य मिरा थापा, वडा सदस्यहरु जगन्नाथ घिमिरे, लिला बराईली र वडा सचिब लगायतको उपस्थीति रहेको थियो ।
वडा कार्यालयको ८० प्रतिशत अनुदानमा १३० वटा विन र ३५ वटा डस बिन बितरण गरिएको तारकेश्वर नगरपालिका वडा नं ११ का अध्यक्ष कबिराज बस्नेतले जानकारी दिनुभयो ।
अध्यक्ष बस्नेतका अनुसार वडा कार्यालयले यस अघि सूचना प्रकाशन गरेर वडाबासीहरुलाई निवेदन पेश गर्न आव्हान गरेको थियो । प्राप्त निवेदनको आधारमा वडा भित्र स्थायीबसोबास गर्ने वडाबासी, मतदाता परिचय पत्र भएका तथा घर भएर नियमीत रुपमा वडालाई कर तिरेकाहरुलाई सामग्री बितरण गरिएको वडा अध्यक्ष बस्नेतले बताउनुभयो ।



fgfg


प्रतिक्रिया दिनुहोस्