जयकाली युवा क्लबको पुर्ण बैठक तथा नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Sagarmatha Post
Sagarmatha Post १३ बैशाख २०८२, शनिबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाँउपालिका कार्यक्षेत्र बनाएर सामाजिक काममा अग्रसर युवाहरुको समुह जयकाली युवा क्लबको आयोजनामा नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान तथा क्लबको पूर्ण बैठक सम्पन्न भएको छ ।
काठमाण्डौंको नक्साल भगवती बहाल स्थीत क्याफे सेन्टर प्वाइन्ट एण्ड तन्दुरी हाउसमा विहिबार पुर्व मन्त्री एवं बाग्मती प्रदेश सभा सदस्य माननीय तिर्थ लामाको प्रमुख आतिथ्यतामा क्लबले भव्य कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गदै पुर्व मन्त्री एवं बाग्मती प्रदेश सभा सदस्य माननीय तिर्थ लामाले सामाजिक काममा जयकाली युवा क्लबको योग्दान अतुलनीय रहेको बताँउदै क्लबलाई हर तरिकाले सहयोग गर्न तयार रहेको बताउनुभयो ।
क्लबका अध्यक्ष राम प्रसाद गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस काभ्रे क्षेत्र नं १ का क्षेत्रीय सचिब एवं चौरीदेउराली गाँउपालिका वडा नं ६ का वडा अध्यक्ष किशोर राज गिरी, काभ्रे क्षेत्र नं १ प्रदेश सभा क्षेत्रीय सभापति राम योञ्जन लगायतले नयाँ बर्षको अवसरमा सुभकामना व्यक्त गदै क्लबको पूणै बैठकको कामना गर्नुभयो ।
क्लबका सचिब नवराज दाहालले सञ्चालन गर्नुभएको कार्यक्रममा अध्यक्ष राम प्रसाद गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा क्लबका कोषाध्यक्ष महेन्द्र प्रसाद ढुंगानाले जयकाली युवाक्लब युवाहरुको आशाको केन्द्र रहेको बताँउदै क्लबलाई आर्थिक रुपले मजबुत बनाउन सबै सदस्यहरुले सहयोग गर्नुपर्ने बताउनुभयो ।
बैठकमा निर्वतमान अध्यक्ष कुमार दाहालले अध्यक्ष राम प्रसाद गौतमलाई संस्थाको कागजपत्र हस्तान्तरण गर्नुभयो ।
जयकाली युवा क्लबका अध्यक्ष राम प्रसाद गौतमले क्लबको उदेश्यलाई पुरा गराउनका लागि बिगतमा जस्तै आफ्नो कार्यकालमा पनि सबैबाट साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
२०८१ कार्तिक २१ गतेको पाँचौ अधिवेशनबाट अध्यक्षमा रामप्रसाद गौतम, उपाध्यक्षमा सहदेव दाहाल, सचिबमा नवराज दाहाल, सह– सचिबमा राजन चौलागाँई, कोषाध्यक्षमा महेन्द्र प्रसाद ढुंगाना, कार्यसमिति सदस्यहरुमा अञ्जना न्यौपाने, पबित्रा गौतम चयन हुनुभएको छ । क्लबको प्रमुख सल्लाहकारमा धन बहादुर बञ्जारा रहनुभएको छ ।
२०६७ सालमा स्थापना भएको जयकाली युवा क्लबमा हाल सम्म ७९ जना सदस्य रहेका छन् भने ८ जना सल्लाहकार र संरक्षक रहेका छन् । २०७६ साल देखि क्लबले कल्याणकारी कोष खडा गरेर सामाजिक र परोपकारी काममा योग्दान गदै आइरहेको छ ।

May be an image of 6 people

May be an image of text that says 'SRANON Youth C जयकाली युवा क्लवद्दारा आयोजित Oиblи6oTaHa Kaлo नयाँ वर्ष ၃၀ငခ को पावन अवसरमा शुभकामना आदानप्रदान तथा क्लबको पूर्ण बैठक मिति ನಂడ वैशाख 99 गते, बिहिबार समय: दिउँसो १२:३० बजे स्थान: Cafe Center Point & Tandoori House Naxal Bhagawatibahal, Kathmandu'

df

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्