सरकार र नेपाल शिक्षक महासङ्घका प्रतिनिधिहरूबीच भएको वार्ता निष्कर्षविहीन

Sagarmatha Post
Sagarmatha Post १३ बैशाख २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौँ। सरकार र नेपाल शिक्षक महासङ्घका प्रतिनिधिहरूबीच आज बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्ता निष्कर्षविहीन भएको छ। बैठकमा सरकारको तर्फबाट नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, शिक्षा सचिव दिपक काफ्ले र नेपाल शिक्षक महासङ्घको तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदीको नेतृत्वमा आन्दोलनरत शिक्षकहरू सहभागी हुनुहुन्थ्यो । बैठकपछि अध्यक्ष सुवेदीले पुनः छलफल र वार्ता गर्ने सहमति भएको बताउनुभयो ।तत्काल नयाँ शिक्षा ऐन ल्याउनु पर्ने मागसहित विगत २५ दिनदेखि देशैभरिका शिक्षकले काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्