राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरको पहिलो अधिवेशन सम्पन्न, चापागाँईको नेतृत्वमा १३ सदस्यीय समिति गठन

Sagarmatha Post
Sagarmatha Post १३ बैशाख २०८२, शनिबार
1 Min Read
Aa

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगर समितिको पहिलो अधिवेशन सम्पन्न भएको छ ।
तारकेश्वर नगरपालिका वडा नं ११ स्थीत दियालो फुडल्याण्डमा आज भएको पहिलो अधिवेशनले बिनोद चापागाँईको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जस अनुसार उप–सभापतिमा लक्ष्मण तिमिल्सीना, सचिबमा भुमेश्वर शर्मा पौडेल, सह–सचिबमा दामोदर जमरकटेल, सदस्यहरुमा ओमराज खरेल, दिपक अधिकारी, नारन प्रसाद ढकाल, होम कुमारी पन्थ प्रविण वस्याल, दिपक प्रसाद कोइराला, कल्पना काफ्ले, इश्वरी प्रसाद पोख्रेल र भुबना घिमिरे सर्वसम्मत चयन हुनुभएको छ ।
सर्वसम्मत चयन भएका नगर कार्यसमितिलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डि.पी अर्याल, माननीय शिशिर खनाल सहितका केन्द्रीय नेताहरुको उपस्थीतिमा पद तथा गोपनीयताको सपथ खुवाईएको छ । पार्टीको पहिलो अधिवेशनमा उत्साहजनक सहभागीता रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका तारकेश्वर नगरपालिका वडा नं ८ का वडा सभापति रोशन पाण्डेले बताउनुभयो ।

May be an image of 9 people, people smiling and dais

May be an image of 5 people, dais and text that says 'LO राष्ट्रय स्वंतन्र पार्टी YALO DİYAL प्रथम तारकेश्वर नगर अधिबेशन ၃၀၀၃ बैशास 93 गते ता.न.पा.-११, दियालो फडल्याणद'

dfdf

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्