बालाजुमा महिलाले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाइन्, २५ प्रतिशत शरिर आगोले जल्यो

Sagarmatha Post
Sagarmatha Post १६ बैशाख २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौंको बालाजुमा एक महिलाले आफैंलाई आगो लगाएकी छन् ।

काठमाडौं महानगरपालिका–१६ स्थित जागृत टोलमा बस्ने ४५ वर्षीय बिना श्रेष्ठले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए । श्रीमानसँग विवाद भएपछि गएराति १० बजेतिर शरीरमा आगो लगाएकी उनलाई परिवारको सदस्यहरूले नयाँ बजारस्थित पिपल्स अस्पताल लगेका थिए । चिकित्सकका अनुसार उनको पेट, छाती र बायाँ हातमा करिब २५ प्रतिशत जलन भएको छ ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्