रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाले आज देखि स्थलगत व्यवसाय दर्ता, नविकरण अभियान सुरु गरेको छ ।
नगरपालिका भित्र सञ्चालीत व्यवसायलाई व्यवस्थीत र मर्यादीत बनाउनका लागि नगरप्रमुख कृष्ण हरि महर्जनको निर्देशनमा तारकेश्वर नगरपालिकाको राजश्व शाखाको समन्वयमा अभियान सुरु भएको हो । “करको दर घटाउने र दायरा बढाउन” नगरप्रमुख कृष्ण हरि महर्जनको प्रगतिशिल कर सिद्धान्तलाई अवलम्बन गदै तारकेश्वर नगरपालिकाले केहि करका दरहरुलाई घटाएर दायरा बढाउँदै आएको छ ।
आज देखि सुरु भएको स्थलगत व्यवसाय दर्ता, नविकरण अभियान नगरपालिकाको ११ वटै वडामा सञ्चालन हुने छ । यस अभियानको पहिलो दिन भने आज ८ वटा वडाहरुमा मात्र सुरु भएको छ । नगरपालिकाको वडा नं ३,४,५,७,८,९,१० र वडा नं ११ मा अभियान सुरु भएको छ । बाँकी ३ वटा वडा मध्य वडा नं १ मा भोली देखि, वडा नं ६ मा बैशाख २१ गते देखि र वडा नं २ मा केहि दिन पछि सुरुहुने तारकेश्वर नगरपालिकाको राजश्व शाखाका प्रमुख एवं सुचना अधिकारी सागर अर्यालले बताउनुभयो । ८ वटा वडामा सुरु भएको अभियानको पहिलो दिन २ सय भन्दा बढी व्यवसायहरुको स्थलगत दर्ता तथा नविकरणको अनुगमन गरिएको छ । अभियानका क्रममा पहिलो दिननै ८० प्रतिशत व्यवसायहरु दर्ता र नविकरण नभई सञ्चालन भईरहेको पाईएको छ । कतिपय व्यवसायहरु एउटा वडामा दर्ता भएर अकै वडामा सञ्चालन समेत भएको पाईएको छ । तारकेश्वर नगरपालिका वडा नं ११ शेषमती पुलसंगै सञ्चालनमा रहेको शिवशक्ति काष्ठ उद्योग वडा नं १० मा दर्ता गरेर वडा नं ११ मा सञ्चालनमा रहेको भेटिएको वडा नं ११ का अध्यक्ष कबिराज बस्नेतले बताउनुभयो । ठुलो काठ गोदाम र पसल सहित सञ्चालीत सो व्यवसायले जम्मा ५ लाखको पुँजी देखाएर बार्षिक वडा नं १० मा रु १० हजार ९ सय ५० मात्र राजश्व बुझाएको भेटिएको अध्यक्ष बस्नेतले बताउनुभयो । सो काष्ठ उद्योगलाई अविलम्ब व्यवसाय सञ्चालन रहेको वडा नं ११ मै व्यवसाय दर्ता गर्नका लागि एक हप्ताको समय दिएको अध्यक्ष बस्नेतले बताउनुभयो ।
बस्नेतले व्यवसायीले वडा नं १० मा रहेको दर्तालाई वडा नं ११ मा सारेपछि उक्त व्यवसाय सञ्चालनमा रहेको जग्गाको टहरा दर्ता भएको नभएको लगायत अन्य कागजपत्रहरु हेरेर आवश्यक प्रकृया अगाडी बढाईने बताउनुभयो । वडा नं ११ मा आज गरिएको अनुगमनमा अध्यक्ष कबिराज बस्नेत, वडा सदस्य लिला बराईली, वडा कार्यालयकी कर्मचारी सबिना बोगटी, नगर प्रहरीका प्रहरी नायव निरीक्षक शिवराम न्यौपानेको टोली खटिनुभएको थियो । वडा नं ११ मा आज २७ वटा व्यवसायको अनुगमन गरिएको छ ।
त्यस्तै वडा नं ९ मा पनि यस अघि अनुगमन गरी दर्ता र नविकरणका लागि अनुरोध गरिएका दर्जनौ व्यवसायहरु दर्तामा नआएको भेटिएको वडा नं ९ की वडा सदस्य एवं अनुगमन टोली प्रमुख लक्ष्मी अधिकारीले बताउनुभयो । अधिकारीले भन्नुभयो“बिगतमा अनुगमनका क्रममा दर्ता र नविकरण नभएका केहि व्यवसायीहरुले अझै अटेरी गरेर बसेको भेटियो, उनिहरुलाई अबिलम्ब दर्ता र नविकरण गर्न अन्तीम सचेत गरिएको छ, एक साता भित्र निर्देशन पालना नगरेमा प्रकृयामा गएर कारबाही थालिने बताउनुभयो”
वडा नं ९ मा आज वडा सदस्य लक्ष्मी अधिकारीको नेतृत्वमा वडा सचिब पुजा केसी, नगरप्रहरीका हवल्दार सुरज घलेले अनुगमन गर्नुभएको थियो । यस वडामा आज ३४ वटा व्यवसायको अनुगमन गरिएको छ । अभियानमा हरेक तारकेश्वरका हरेक वडामा एक÷एक जना जनप्रतिनिधि, कर्मचारी, पत्रकार तथा सञ्चारकर्मी र नगर प्रहरीको टोली परिचालन गरिएको छ । आज देखि सुरु भएको स्थलगत व्यवसाय दर्ता, नविकरण अभियान २०८२ जेष्ठ १ गते सम्म सञ्चालन हुने राजश्व शाखा प्रमुख अर्यालले बताउनुभयो । अभियानको पहिलो चरण सक्किए लगतै समिक्षा हुने र त्यससंगै अभियानका क्रममा कैफियत देखिएका व्यवसायहरु वडा र नगरपालिका मार्फत फलोअप गरिने अर्यालको भनाई छ ।





ghgh


प्रतिक्रिया दिनुहोस्