काठमाण्डौं । तारकेश्वर नगरपलिकाको ११ वटै वडाहरुमा व्यवसाय दर्ता नविकरण अभियान सुरु भएको छ । तारकेश्वर नगरपालिकाले सबै वडामा संचालनमा रहेका ब्यवसायको बजार अनुगमन शुरु गरिएको तारकेश्वर नगरपालिकाका राजश्व शाखा प्रमुख सागर अर्यालले बताउनुभयो । नगरपालिकाको समन्वयमा वडा अध्यक्ष, वडा सदस्य, वडा सचीव, कर्मचारी, नगर प्रहरी र पत्रकार सहित ब्यवसायको ब्यवसाय दर्ता, नविकरण, बिल–बिजक, म्याद नाघेका सामान, खाध्य अखाध्य बस्तु समेतको अनुगमन भएको छ । अनुगमनका क्रममा दर्ता नभएका ब्यवसाय वा उधोगीलाई स्थलगत ब्यवसाय दर्ता गरिएको छ ।
तारकेश्वरका ११ वटै वडाहरुमा व्यवसाय दर्ता, नविकरण अभियान सुरु


प्रतिक्रिया दिनुहोस्