रबिन थपलिया । काठमाण्डौं । नेपाल सहित १७ देशका खेलाडी सहभागी दोश्रो एशियाली योगासना खेलकुद प्रतियोगितामा तारकेश्वर नगरपालिका वडा नं ७ फुटुङ स्थीत रोजमेरी आईडल बोडिङ स्कुलका खेलाडीहरुले पाँचवटा रजत पदक जितेका छन् ।
भारतको इन्दीरागान्धी स्टुडियम नयाँदिल्लीमा जुन २५ देखि २७ सम्म सम्पन्न प्रतियोगितामा १७ देशका खेलाडीहरु बिच ४४ बिधामा प्रतिष्पर्धा भएको थियो । उक्त खेलकुद प्रतियोगितामा नेपालबाट सहभागी भएका खेलाडीहरुले ३४ वटा पदक जितेका छन् । नेपालले जितेको ३४ मध्य रोजमेरीका खेलाडीले मात्र ५ वटा पदक जितेर देशको नाम राख्न सफल भएका छन् ।
प्रतियोगितामा रोजमेरी आईडल बोर्डिङ्ग स्कुलकी छात्रा सोनाम वाङ्म्मो तामाङ्गले १० देखि १८ बर्ष उमेर समुहको तिन वटा बिधामा रजत पदक जितेकी छन् । त्यस्तै रोजमेरीकै बिनिशा पन्डितले १० देखि १८ बर्ष उमेर समुहको दुईवटा बिधामा रजत पदक जितेकी छन् । सोनाम र विनिशाले सहभागी भएका सबै बिधामा रजतक पदक जितेका हुन् ।
पदक बिजेता खेलाडीहरुलाई नयाँ दिल्लीमा भारतका लागि नेपालका राजदुत शंकर शर्माले बधाई र सुभकामना समेत दिनुभएको छ ।
यसै बिच रोजमेरी आईडलका प्रधानाध्यापक दुर्गा प्रसाद दाहालले विद्यालयका दुवै खेलाडीहरुको समर्पण र सीप साँच्चीकै चम्कीएको बताँउदै पदक जितेर खेलाडीहरुले देशको खेलकुद क्षेत्रमा योग्दान गरेकोमा विद्यालय परिवार प्रफुलीत भएको बताउनुभयो ।
यस अघि अन्तराष्ट्रिय योग खेल महासंघ (क्ष्थ्क्ँ) को आयोजनामा २०२५ अप्रिल ५ देखि ६ सम्म मलेसियाको साईबर जायामा सम्पन्न १६औ विश्व योगासना च्याम्पियनसिप प्रतियोगितामा विश्वका ४० भन्दा बढी देशको सहभागीता रहेको खेलमा १२–१४ वर्ष उमेर समुहमा छात्रा तर्फ मलेसीयाकी खेलाडीलाई होम ग्राउण्डमै पराजीत गदै रोजमेरीकी प्रत्युषा खतिवडाले स्वर्ण र छात्र तर्फ ९–११ बर्ष उमेर समुहमा रोजमेरीका अमित पटेलले रजत पदक प्राप्त गरेका थिए । प्रतियोगितामा नेपालभरका ३० विद्यार्थीहरु सहभागी भएको थिए भने अमेरीका, भारत, मलेसिया सहित ४० देशका खेलाडीहरु प्रतियोगितामा प्रतिष्पर्धा गरेका थिए । प्रतियोगितामा पदक बिजेता खेलाडीहरु तथा प्रशिक्षकलाई तारकेश्वर नगरपालिकाले नगद सहित सम्मान समेत गरेको थियो ।


df


प्रतिक्रिया दिनुहोस्