काठमाण्डौं । हेटौडा-काठमाडौं जोड्ने कान्ति लोकपथ अवरूद्ध भएको छ।
आइतबार बिहान वर्षाका कारण बागमती खोलाको डाइभर्सन बगाएका कारण सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।मकवानपुरको भिमफेदी गाउँपालिका ८ र ललितपुरको बागमती गाउँपालिका २ स्थित दुई जिल्लाको सिमाना रहेको बागमती खोलामा बनाइएको डाइभर्सनबाट सवारी साधन आवत जावत गर्दै आएका थिए।आइतबार बिहान ६स्१५ बजे ललितपुरतर्फको डाइभर्सन बगाएपछि सडक सवारी आवतजावत अवरूद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ। डाइभर्सन बगाएको स्थानमा प्रहरी टोली पुगेको र अवरूद्ध सडक खुलाउने प्रयास भइरहेको छ।तत्काललाई हेटौंडाबाट काठमाडौं जानको लागि अन्य बाटोहरु प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।
बाढीले आज विहानै बागमती खोलाको डाइभर्सन बगायो, हेटौडा-काठमाडौं जोड्ने कान्ति लोकपथ अवरूद्ध


प्रतिक्रिया दिनुहोस्