आज (सोमबार) : संघीय संसद्का दुबै सदनको बैठक बस्दै,नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदै

Sagarmatha Post
Sagarmatha Post २२ बैशाख २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं। संघीय संसद्का दुबै सदनको बैठक आज (सोमबार) बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा सुरु हुनेछ भने राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजेका लागि तोकिएको छ। आजको बैठकको प्रमुख कार्यसूची आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल हुनेछ। प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल सुरू गर्न प्रस्ताव पेश गर्नुहुनेछ। बैठकमा नीति तथा कार्यक्रममा संसदीय संशोधन प्रस्तावहरू पनि प्रस्तुत हुने छन्।

संसद सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गर्न प्रस्ताव अघि सार्नुहुनेछ। सोही अनुरूप, प्रतिनिधिसभामा आजदेखि सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राख्न पाउनेछन्। त्यसैगरी, राष्ट्रियसभाको बैठकमा पनि आजदेखि छलफल प्रारम्भ हुनेछ। छलफल आज र भोलि गरी दुई दिनसम्म चल्ने संसद सचिवालयले जनाएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्