अवैध लागूऔषध सहित सात जना पक्राउ

Sagarmatha Post
Sagarmatha Post २३ बैशाख २०८२, मंगलवार
2 Min Read
Aa
काठमाडौं, देशका बिभिन्न स्थानबाट अबैध  लागूऔषध सहित सात जना पक्राउ परेका छ । सुनसरी, धरान उपमहानगरपालिका(४ लामाचौरबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोग्राम सहित धनकुटा चौबिसे गाउँपालिका(३ बस्ने १९ वर्षीय सुजन राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी पत्राङबारीबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा।४२ प ९८३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका(१५ मटेरूवा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ४० मिलिग्राम सहित बेलवारी नगरपालिका(४ बस्ने ३१ वर्षीय अनमोल राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको    छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ भारत बिहार अररीया थाना जोगबनी बस्ने ६५ वर्षीया रोशनी खातुन र सुनसरी इनरूवा नगरपालिका(७ बस्ने ४२ वर्षीय लाल मोहमदले दिएको भन्ने खुल्न आएपश्चात रोशनी र लाल लाई समेत विराटनगर महानगरपालिका मटेरूवाबाट प्रहरीले पक्राउ गरेको छ ।
  बाँके, बैजनाथ गाउँपालिका(७ पेडारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ५० मिलिग्राम र नगद १ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने ३३ वर्षीय अभिशेख थारूलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका(३ यरीचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने भारत बहराइज नानपारा चौकी(१६ घर भएका २४ वर्षीय रेहान खान लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका(१३ कैलालीगाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३६ वर्षीय सहदेव रानालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्