काठमाण्डौं । तारकेश्वर नगरपालिकाको समन्वयमा तथा तरङिनी फाउण्डेसनको आयोजनामा तारकेश्वर महिला अधिकार प्रशिक्षण तथा समन्वय कार्यक्रम सम्पन्न भएको छ । नगर प्रवत्ता तथा वडा २ का वडा अध्यक्ष राधाकृष्ण खड्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । वडा ६ का वडा अध्यक्ष घनश्याम श्रेष्ठ, कार्यपालिका सदस्य, वडा सदस्य, शाखा प्रमुख, कर्मचारीहरु र तरङिनी फाउन्डेसनका प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रममा तरङिनी फाउन्डेसनका मनोसामाजिक परोमर्शादाता रुपा भट्टराईले प्रस्तुतीकरण गर्नुभएको थियो ।
तारकेश्वरमा महिला अधिकार सम्बन्धी कार्यक्रम सम्पन्न


प्रतिक्रिया दिनुहोस्