नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणको सबै आर्थिक विवरण सार्वजनिक गर्न माग

Sagarmatha Post
Sagarmatha Post २६ बैशाख २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणको सबै आर्थिक विवरण सार्वजनिक गर्न माग गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले विद्युत प्राधिकरणले हालै जारी गरेको घाटाको खर्च विवरणले जनतालाई अन्योलमा परेको बताए।

उनले भने, ‘नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक र वर्तमान प्रबन्ध निर्देशकले मिडियामार्फत जानकारी गराउनुभएका विद्युत प्राधिकरणको आम्दानी र खर्चको विवरणहरूले आम जनतामा अन्योल सिर्जना गरेको छ। त्यसैले नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरणबारेसदनलाई जानकारी गराउन सभामुखमार्फत रुलिङ होस्।’

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्