भारतका ३२ विमानस्थलबाट नागरिक उडानहरू बन्द

Sagarmatha Post
Sagarmatha Post २७ बैशाख २०८२, शनिबार
1 Min Read
Aa

भारत, पाकिस्तान द्वन्द्वका बीच भारतको नागरिक उड्डयन मन्त्रालय (डीजीसीए) ले देशको उत्तरी र पश्चिमी भागमा अवस्थित ३२ विमानस्थलबाट नागरिक उडानमा प्रतिबन्ध लगाएको छ । भारतीय विमानस्थल प्राधिकरण (एएआई) र सम्बन्धित उड्डयन अधिकारीहरूलाई धेरै ‘नोटिस टु एयरमेन’ (नोटम) जारी गरिएको छ । यो मे १५ मा बिहान ५:२९ बजेसम्म जारी रहनेछ ।

यसमा उधमपुर, अम्बाला, अमृतसर, अवन्तिपुरा, भटिंडा, भुज, बिकानेर, चण्डीगढ, हलवारा, हिन्डन, जैसलमेर, जम्मु, जामनगर, जोधपुर, कान्डला, कांगडा (गग्गल), केशोद, किशनगढ, कुल्लु मनाली (भुन्तर), लेह, लुधियाना, पटहनकोट, पट्टनकोट, पत्तनकोट, पट्टनाकोट, किशनगढ, कुल्लु मनाली (हीरासर), सरसावा, शिमला, श्रीनगर, थोइसे र उत्तरलाई छन् ।

एयर इन्डियाले सामाजिक सञ्जालमा दिएको जानकारीअनुसार उड्डयन अधिकारीहरूको सूचनापछि जम्मु, श्रीनगर, लेह, जोधपुर, अमृतसर, चण्डीगढ, भुज, जामनगर र राजकोटका उडान मे १५ बिहान ५:२९ बजेसम्मका लागि रद्द गरिएका छन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्