काठमाण्डौं । “सकारात्मक सोचको विकास गरौः आफ्नै वडामा बसि चिया छलफल गरौ“ भन्ने नाराका साथ आज २०८२ बैशाख २७ गते तारकेश्वरमा चिया चर्चा कार्यक्रम आयोजना गरिएको छ ।
चियाचर्चामा नगर प्रमुख कृष्ण हरि महर्जन र वडा अध्यक्ष राधाकृष्ण खडगीसंग वडा न. २ का बुद्धिजिविहरु र स्थानीय नगरवासीहरुको वडा न.२ र नगरपालिकाको विकास सम्बन्धी चिया छलफलमा प्रश्नहरु राखेका थिए । कार्यक्रम विहान ६ः३० बजे देखि ९ः३० बजे सम्म वडा न.२ को कार्यालयको सभाहलमा नगर प्रमुख कृष्ण हरि महर्जन र नगर प्रवत्ता तथा वडा न.२ का वडा अध्यक्ष राधाकृष्ण खड्की नगरवासीसंग चियाको साथ सल्लाह, सुझाव र जिज्ञासा लिनुभएको थियो । वडा नं. २ का पुर्वजनप्रतिनिधि, बुद्धिजिविहरु, शिक्षक, युवा, महिला, राजनितिक दलका प्रतिनिधि र स्थानीय नगरवासीहरु आफ्नो वडाको विकास सम्बन्धी सल्लाह, सुझाव र जिज्ञासाको लागि चिया चर्चा छलफल कार्यक्रममा सहभागी भई जिज्ञासा राख्नुभएको थियो । वडा सदस्यहरु, वडा सचिव, प्राविधिक, नगरपालिकाका कर्मचारी, नगर प्रहरी, पत्रकार र स्थानीयवासीको उपस्थिति रहेको यस चिया चर्चा कार्यक्रममा छलफलको क्रममा उठेका प्रश्न वा सुझावको समाधन कसरी गर्ने भनेर नगर प्रमुख ज्यु र वडा अध्यक्षज्युले कार्यक्रममा सहभागीसंग छलफल गर्नुभयो ।
तारकेश्वर २ मा चियाचर्चा कार्यक्रम आयोजना


प्रतिक्रिया दिनुहोस्