शेरबहादुर देउवाका पुत्र जयवीरले हिल्टन होटल किने भन्ने खबर गलत, शंकर ग्रुपले गर्यो खण्डन

Sagarmatha Post
Sagarmatha Post २८ बैशाख २०८२, आईतवार
1 Min Read
Aa

काठमाण्डौं । काठमाडौंस्थित नक्सालमा रहेको हिल्टन होटल जयवीर देउवाले खरिद गरेको भन्ने खबरमा शंकर ग्रुपले खण्डन गरेको छ।
हिल्टन होटलले आफ्ना पुराना संस्थापकहरू परिवर्तन नभएको विज्ञप्ति निकालेर स्पष्ट पारेको हो।ुहामीले अहिले कुनै नयाँ लगानीकर्ता भित्र्याएका पनि छैनौ,ु होटलका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने। केही सञ्चार माध्यममा जयवीर देउवाले होटलको सेयर किनेको दाबीसहित खबर आएपछि शंकर ग्रुपले खण्डन गरेको हो।
जयवीर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्रीसमेत रहेकी कांग्रेस केन्द्रीय सदस्य आरजु राणाका एक मात्र सन्तान हुन्।साथै होटलको आइपिओ निष्कासनको तयारी भइरहेको पनि अग्रवालको भनाइ छ।शंकर र जगदम्बा हस्पिटालिटीले विज्ञप्ति निकालेर जयवीरले हिल्टन होटल किनेको कुरामा सत्यता नरहेको प्रष्टाएका हुन्।होटलले यस्तो दुष्प्रचारविरूद्ध प्रचलित कानुन अनुसार कानुनी प्रक्रिया अपनाइने समेत उल्लेख गरेको छ।
२०८१ साउनबाट सञ्चालनमा आएको होटल हालै सर्वसाधारणमा सेयर जारी गर्ने उद्देश्यले पब्लिक कम्पनीमा रूपान्तरण भएको छ।१० रोपनी जग्गामा फैलिएको यो होटलको भवन १७ तलाको छ।

Screenshot-2025-05-11-145909-1746956738.jpg

 

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्