सहरमा धनी मान्छे मात्रै बस्छन् भन्ने गलत बुझाइ रहेको उनी बताउँछन् । “सहरमा गाउँको भन्दा चरम गरिबी पनि छ । सहरी गरिबी झन् डरलाग्दो छ,” उनी भन्छन्, “काठमाडौंमा बिजुलीको बिल तिर्न नसक्ने घरभेटी पनि छन् । त्यसैले सहरका कथा पनि हाम्रै हुन् ।”
निर्देशक दीपेन्द्र के खनाल सीमित क्षेत्रफलभित्र ठड्याइएको भौतिक संरचना मात्रै घर होइन । घर बन्न इमोसन र सम्बन्ध चाहिने उनको भनाइ छ । “गाउँमा सर्भाइभ गर्न सहज छ । सबैले सबैलाई चिनेको हुन्छ । सहयोग गर्छ । तर, सहरमा कसैलाई चिन्दैन । घर टाँसिएका छन् । मन टाँसिएको हुँदैन,” त्यसैले मेरा अधिकांश सिनेमा सरहका कथामा हुन्छन् । मलाई सहरका कथा भन्न मन लाग्छ । यी सबै कथा मौलिक हुन् । मौलिक सिनेमा हुन् ।”
आफ्नै छुट्टै कथा र आर्कमा ‘के घर के डेरा : घर नं २’ बनेको उनले बताए । पशुपतिको केही दृश्य देखिए पनि धेरै कथा पशुपतिमा नभएको उनले प्रष्ट पारे । अभिनेत्री केकी अभिकारीले अर्ग्यानिक कथा भन्नबित्तिकै गाउँकै कथा र गाउँकै सेटअप भन्ने भाष्य रहेको भन्दै यो गलत बुझाइ भएको बताइन् । “अमेरिकामा बसेर नासामा काम गर्ने नेपालीको कथा पनि नेपाली मौलिक कथा हो । नेपाली साइन्स फिक्सन पनि नेपाली कथा हो,” उनले भनिन्, “अब गाउँ मात्रै होइन यतातर्फ पनि कथा भनिनुपर्छ । गाउँ, सहर, विदेशका नेपालीका कथा पनि हाम्रै हुन् ।”
‘के घर के डेरा : घर नं २’ को आत्मा लेखक र निर्देशक रहेको उनले बताइन् । साहित्यको नजिक रहेका कथा लेख्न बुद्धिसागर र सबैले मन पराउने कथा भन्ने निर्देशक नै सिनेमाको मुख्य पक्ष र आकर्षण भएको उनको भनाइ छ ।
एउटै छतमुनि आइपुगेका हरेक पात्रको कथा भए पनि कसरी एउटै कथासँग कसरी जोडिन्छन्, त्यो नै सिनेमाको महत्वपूर्ण पक्ष भएको उनले बताइन् । ‘के घर के डेरा : घर नं २’ले जेठ २ गते रिलिज हुँदैछ । चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो स्क्रिप्ट हो ।
चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।


प्रतिक्रिया दिनुहोस्