काठमाण्डौं । तारकेश्वर नगरपालिका र सामाजिक रुपान्तरण केन्द्र, सर्लाहीको आयोजनामा तथा तुलसीमाया मेमोरियल क्यान्सर रिलिफ प्रतिष्ठानको प्राविधिक सहयोगमा आज मिति २०८२ बैशाख २९ गते शहरी स्वास्थ्य केन्द्र वडा न. ९ मा भएको नगर प्रमुखसंग जेष्ठ नागरिक दिर्घायु कार्यक्रम अन्तर्गत पुरुषहरुको प्रोस्टेडको क्यान्सरको स्क्रीनिङ कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमको नगर प्रमुख कृष्ण हरि महर्जनले निरीक्षण गर्नुभयो । सो अवसरमा वडा ९ का वडा सदस्य सहित गर्नुभएको निरीक्षणमा बिरामीहरुसंग कुराकानी र स्वास्थ्यकर्मीसंग परामर्श गर्नुभएको थियो । शिविरबाट करिब ३ सयले सेवा लिएको तारकेश्वर नगरस्वास्थ्य शाखाले जनाएको छ ।
मनमैजुमा प्रेष्टेडको क्यान्सर स्क्रीनीङ शिविर आयोजना


प्रतिक्रिया दिनुहोस्