तारकेश्वरमा लागुऔषध दुव्र्यसनी सम्बन्धी कार्यक्रम आयोजना

Sagarmatha Post
Sagarmatha Post ३१ बैशाख २०८२, बुधबार
2 Min Read
Aa

काठमाण्डौं । लागू औषध दुव्र्यसन रहित घरदैलो अभियान सुरु भएको छ ।
बैशाख ३१ गते बुधबार तारकेश्वर नगरपालिका, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी र सामुदायिक प्रहरी सेवा केन्द्र बोहराटार बालाजुको आयोजनामा लागू औषध विरुद्धको महाअभियान २०८२ अन्तर्गत लागू औषध दुव्र्यसन रहित घरदैलो अभियान नगर प्रमुख कृष्ण हरि महर्जनको अध्यक्षतामा सम्पन्न भयो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ प्रमुख अतिथी रहनु भएको यस कार्यक्रममा बिशेषज्ञ प्राध्यापक केदार नरसिंह के.सि, प्राध्यापक डा. केशव खड्का, लागू औषध ब्यूरो काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शन प्रसाद कोईराला, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी, प्रमुख प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्य, उपत्यका प्रहरी कार्यालय रानिपोखरी सामुदायिक शाखा प्रमुख प्रहरी उपरीक्षक शालिकराम शर्मा, प्रहरी वृत बालाजुका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञान बहादुर विष्ट, उपत्यका प्रहरी कार्यालय रानिपोखरी सामुदायिक शाखा प्रहरी नायब उपरीक्षक रविराज थपलिया, वडा न. १ देखि ११ का वडा अध्यक्षहरु, नेपाल औषधि व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष ध्रुब नारायण श्रेष्ठ, नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा काठमाडौंका अध्यक्ष शंकर महर्जन, शाखा प्रमुखज्युहरु, प्रधानद्य्यापकहरु, शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, उपभोक्ता समिती÷टोल बिकास समितिका प्रतिनिधि, बिद्यार्थी र पत्रकारहरुको उपस्थिति रहेको यस कार्यक्रमको उद्घघाटन नगर प्रमुख कृष्ण हरि महर्जन र प्रमुख अतिथी प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले पानसमा बत्ती बाली गर्नुभएको थियो । लागू औषध विरुद्ध सम्बन्धी जनचेतनामुलक वृतचित्र देखाईएको यस कार्यक्रममा लागू औषध सम्बन्धि प्रस्तुतीकरण पनि राखिएको थियो । यस लागू औषध विरुद्धको ब्रान्ड एम्बास्डर नै महिला स्वयसेविका भएको र यसमा सहयोग गर्ने बताउदै नगर प्रमुख कृष्ण हरि महर्जनले कार्यक्रमको समापन गर्नुभएको थियो ।

May be an image of text that says '"हर प्रहर, गाउं र नगरी। टोल टोलमा नेपाल प्रहरी" !! समुदाय प्रहरी साभेदारी शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि) Community-Police Police Partnership Community. for Peaceful & Secure Society अधिकार: दिगो विकासके இவவு Ratin បក ទ SUKE तारकेश्वर नगरपालिका, काठमाड नेपाल प्रहरी सत्य सेवा सुरक्षणम लागू औषध विरुद्धको महाअमियान लागू औषघ दुव्यासन रहित घर अमियान काठमाडी उपत्यका प्रहरी कार्यालय रानीपोखरी सामुदायिक प्रहरी सेवा केन्द्र, बोहोराटार, बालाजु आयोजक तारकेश्वर नगरपालिका सहकार्य मिति. समय र स्थान বাবনষব नगनगानल नेपाल ओबधी व्यवसायी संघ मिति: २०६२ बैशाख ३१ गते धर्मस्थली, काठमाडीं काठमाडी जिल्ला शाखा समय: दिउसो 2:00 बजे स्थान: नगरपालिका सभाहल'

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्