मस्तिष्कघात सम्बन्धी समस्या भएका बिरामीले अब देखी नेपालगञ्जमै विशिष्टीकृत उपचार सेवा पाउने

Sagarmatha Post
Sagarmatha Post ३ जेष्ठ २०८२, शनिबार
1 Min Read
Aa

बाँके । मस्तिष्कघात सम्बन्धी समस्या भएका बिरामीले अब देखी नेपालगञ्जमै विशिष्टीकृत उपचार सेवा पाउने भएका छन् । ‘टाइम इज ब्रेन’ भन्ने स्लोगन सहित सञ्जिवनी कलेजमा ‘कम्प्रिहेनसिभ स्ट्रोक सेन्टर’ सञ्चालनमा ल्याइएको हो । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अन्य स्थानहरूमा पनि अभियानकै रुपमा आयोजना गरिने अस्पतालले जनाएको छ । सिइओ डा नितेश कुमार कनोडियाले ब्रेनहेमरेज अर्थात् मस्तिष्कघात भएर गम्भीर भएका बिरामीको तत्कालै उपचार गर्ने बताउनुभयो ।

‘कम्प्रिहेनसिभ स्ट्रोक सेन्टर’ मा १६ शय्याको आइसियु कक्ष रहनुका साथै कन्सल्टेन्ट न्युरो सर्जन डा. मनिष कोलाक्षपतिको नेतृत्वमा न्युरो सर्जन डा. निरज घिमिरे, मुटुरोग विशेषज्ञ (कार्डियोलोजिष्ट) डा कृष्णचन्द्र अधिकारी, कन्सल्टेन्ट रेडियोलोजिष्ट डा लेखनाथ बराल लगायतको टिमलाई जिम्मेवारी तोकिएको अस्पतालले जनाएको छ ।  नेपालगन्ज मेडिकल कलेजका सिइओ डा. सन्तोष बि.एन, डा. केदार अग्रवाल, सञ्जिवनी अस्पतालका सुपरिटेन्डेन्ट डा। रोमन कि दवाई, भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदी, विभिन्न चिकित्सक, स्वास्थ्यकर्मी, नर्स, पत्रकार लगायत स्वास्थ्य क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थितमा अस्पतालका सञ्चालक डा सुरेशकुमार कनोडिया र अस्पतालका प्रमुख डा. एम. कि दवाईले उक्त सेवाको शुभारम्भ गर्नु भएको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्