सामाजिक सुरक्षा भत्ताको उमेर ७० वर्ष बनाउन एमाले सांसदको सुझाव

Sagarmatha Post
Sagarmatha Post ४ जेष्ठ २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौँ । कपा (एमाले)का सांसद भीम आचार्यले सामाजिक सुरक्षा भत्ताको उमेर ७० वर्ष बनाउन सुझाव दिएका छन् । उनले आइतबार प्रतिनिधिसभा बैठकमा सरकारले बजेट बनाउँदा ध्यान दिनुपर्ने सुझाव दिए । “सामाजिक सुरक्षा भत्ताको उमेर ७० वर्ष बनाउने, दोहोरो सुविधा बन्द गर्ने, त्यसलाई क्रमशः योगदानमा आधारित बनाउँदै जाने,” उनले भने । त्यस्तै उनले कर्मचारीको अवकाश उमेर ६२ बनाउनुपर्ने पनि बताए । सांसद आचार्यले औषधिजन्य प्रयोजनका लागि गाँजाखेती खुला र प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।  आयातित मदिरामा कर ५० प्रतिशतले वृद्धि गनुपर्ने उनको सुझाव छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्