काठमाडौँ, काठमाडौँको गौशालामा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सो दुर्घटनामा ८ वटा सवारी साधन एकैपटक ठोक्किएका थिए । बिहान किरब ११ बजे गौशालाबाट एयरपोर्टतर्फ जाँदै गर्दा बस तिलगंगा पशुपति भिजन अगाडी ब्रेक फेल भई विपरीत दिशातर्फ अनियन्त्रित हुँदा दुर्घटना भएको हो । गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा५ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भएर दुर्घटना हुँदा आठ वटा सवारी एक आपसमा ठोक्किएका छन् ।
अनियन्त्रित बसका चालक भने फरार रहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहोराले जानकारी दिए । बसले बा५ख ७३१ नम्बरको माइक्रोबस, बा.प्र-०१-०२६ च ८५७६ नम्बरको कार, बी एसी ९७७३ नम्बरको कार, बा१६च ४४५२ नम्बरको कार, प्र-२-०१-००३ प १००५ नम्बरको मोटरसाइकल, बा५१प २२ नम्बरको मोटर साइकल, बा.प्र-०२-०४६ प ४८१९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरुको अहिले केएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्