राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्तिपछि डेपुटी गभर्नरको जिम्मेवारी बाँडफाँट

Sagarmatha Post
Sagarmatha Post ९ जेष्ठ २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरको जिम्मेवारी बाँडफाँट गरिएको छ । गभर्नर विश्वनाथ पौडेलले डेपुटी गभर्नरद्वय निलम ढुङ्गाना र बमबहादुर मिश्रको कार्य विभाजन गरेका हुन् ।
यसअनुसार ढुंगानाले बैंक तथा वित्तीय संस्था नियमन विभाग, गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभाग, लघुवित्त सुपरिवेक्षण विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, मुद्रा व्यवस्थापन विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग र सूचना प्रविधि विभाग तथा प्रदेश कार्यालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै मिश्रलाई बैंक सुपरिवेक्षण विभाग, वित्तीय संस्था सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभाग, मौद्रिक व्यवस्थापन विभाग, भुक्तानी प्रणाली विभाग, बैङ्किङ विभाग, मानव संसाधन व्यवस्थापन विभाग र वित्त व्यवस्थापन विभाग रहेका छन् । गभर्नरको कार्यालय मात्रै गभर्नरमार्फत प्रत्यक्ष रूपमा चल्ने व्यवस्था गरिएको छ ।
गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएर निलम कायम मुकायम गभर्नर बनेपछि सबै विभागको जिम्मेवारी बमबहादुरलाई दिइएको थियो । नयाँ गभर्नर नियुक्त भएर आएपछि ढुङ्गाना डेपुटी गभर्नरमा फर्किएसँगै जिम्मेवारी बाँडफाँट गरिएको हो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्