परराष्ट्रमन्त्री डा. राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

Sagarmatha Post
Sagarmatha Post ९ जेष्ठ २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी, जाइकाका अध्यक्ष डा. तानाका अकिहिकोसँग शुक्रबार भेटवार्ता गर्नुभएको छ । टोकियोस्थित जाइकाको मुख्यालयमा भएको सो भेटमा नेपाल जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको थियो ।

भेटका क्रममा मन्त्री डा. राणाले नेपालको आर्थिक, सामाजिक लगायतका विविध क्षेत्रमा विगत लामो समयदेखि जाइका मार्फत् जापान सरकारले पुर्‍याउँदै आएको सहयोगका लागि नेपालका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

मन्त्री डा राणाले जाइकाले नेपालका लागि आधारभूत सहयोग नीतिमार्फत आर्थिक वृद्धि र गरिबी निवारण, विपद जोखिम न्यूनीकरण र जलवायु परिवर्तन तथा सुशासन एवं प्रजातन्त्रको सुदृढीकरण जस्ता क्षेत्रमा गरेको सहयोगको सराहना गर्नुभयो ।

मन्त्री डा. राणाले सो अवसरमा पछिल्लो समयमा नागढुंगा सुरुङमार्गको निर्माण, सिन्धुली बर्दिबास सडकको पुनर्निर्माण एवं मर्मत सम्भार लगायत नेपालका कैयौँ क्षेत्रहरूमा जाइका मार्फत् जापान सरकारले पुर्‍याउँदै आएको सहयोगको सराहना गर्नुभएको थियो ।  भेटमा उहाँहरुबीच नेपाल जापान सम्बन्ध, जाइकाले नेपाललाई गरिरहेको सहयोग, जलवायु परिवर्तन र यसको असर, विपद व्यवस्थापन, सुशासन र ज्येष्ठ नागरिकहरुसम्बन्धी विषयमा पनि  कुराकानी भएको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्