रबिन थपलिया । काठमाण्डौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पहिलो दिनको खेलमै तारकेश्वरले जित्यो १२ स्वर्ण
रबिन थपलिया । काठमाण्डौं । काठमाडौँ जिल्ला खेलकुद विकास समितिको आयोजनामा आज देखि सुरु भएको काठमाडौँ जिल्ला स्तरीय १४औ राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिताको पहिलो दिनकै खेलमा तारकेश्वर नगरपालिकाले १२ स्वर्ण पदक जितेको छ ।

आज भएको एथेलेटिक्सका १४ वटा खेलमा तारकेश्वर नगरपालिकाले १२ स्वर्ण, १ रजत र ४ वटा कास्य प्राप्त गरेको छ । आज भएको खेलमा एथलेटिक्सको १०० मिटरमा छात्र तर्फ सन्त बहादुर दराई र छात्रा तर्फ दिना गोपालीले स्वर्ण पदक जितेका छन् । त्यस्तै ४०० मिटरमा छात्र तर्फ निरज शाह, छात्रा तर्फ अनिषा थारुले स्वर्ण पदक जितेका छन् । १५०० मिटरमा छात्रा तर्फ अस्मिता भुजेल, रिले दौडमा छात्र÷छात्रा तर्फ दुवैले स्वर्ण पदक जितेका छन् ।
हाई जम्पमा पनि तारकेश्वरले स्वर्ण जितेको छ । जस अनुसार छात्र तर्फ अविनास सुनार, छात्रा तर्फ सेमेनु लामाले स्वर्ण पदक जितेका छन् । त्यस्तै लङ् जम्प खेलमा पनि तारकेश्वरले दुई स्वर्ण प्राप्त गरेको छ । छात्र तर्फ दिपेन्द्र गिरी, छात्रा तर्फ अनिशा थारुले स्वर्ण पदक जितेका छन् । त्यस्तै सर्टपुटमा छात्रा तर्फ एनिना वि.कले स्वर्ण पदक जितेकी छन् ।
दशरथ रंगशालामा भएको खेलमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन उपस्थीत भएर खेलाडीहरुलाई हौसला प्रदान गर्नुभएको छ । प्रतियोगितामा तारकेश्वर नगरपालिकाका शिक्षा समिति सदस्य राजेन्द्र तिमिल्सीना, तारकेश्वर नगर प्याव्सनका अध्यक्ष गोपाल बुढाथोकी, ओप्सका अध्यक्ष लोकेन्द्र वा खड्का सहित शिक्षा शाखाका प्रतिनिधिहरु लगायतको उपस्थीति रहेको थियो ।
काठमाडौँ जिल्लाका ११ पालिका बीच प्रतिस्पर्धा हुने यस प्रतियोगितामा ४ विधाका खेल हुने छन् जसमा ६६ स्वर्ण पदकको लागि खेलाडीहरु प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा नगर शिक्षा समितिका सदस्य राजेन्द्र तिमिल्सिनाको संयोजकत्वमा तारकेश्वर नगरपालिकाबाट १३७ जना खेलाडीहरु सहभागी भएका छन् ।
राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिताको १४औ प्रतियोगिता चलिरहंदा तारकेश्वर नगरपालिकाले तेश्रो पटक खेलमा सहभागीता जनाएको छ । तारकेश्वरको खेलकुद क्षेत्रलाई अन्तराष्ट्रिय रुपमानै चिलाउन अहोरात्र लाग्नु भएका नगरप्रमुख कृष्ण हरि महर्जनकै पहलमा तारकेश्वर नगरपालिकाले राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगितामा सहभागीता जनाउन थालेको हो । पहिलो पटक खेलमा सहभागीता जनाएको तारकेश्वरले काठमाण्डौं जिल्लामा दोश्रो स्थान जित्न सफल भएको थियो भने दोश्रो पटक गतबर्ष सहभागी भएको तारकेश्वर नगरपालिकाले काठमाण्डौं जिल्लामा ३२ स्वर्ण पदक सहित पहिलो बन्न सफल भएको थियो । यस पटक आज देखि सुरु भएको काठमाण्डौं जिल्ला व्यापी प्रतियोगिताको पहिलो दिनको खेलमानै तारकेश्वरले १२ स्वर्ण सहित अग्र स्थानमा रहन सफल भएको छ । गतबर्ष झै खेलको बिजेत बन्नका निम्ती सगरमाथा पोष्टका तर्फबाट तारकेश्वर नगरपालिका र नगरपालिकाको प्रतिनिधित्व गदै खेलमा सहभागी खेलाडीहरुलाई सुभकामना ।


hj


प्रतिक्रिया दिनुहोस्