काठमाण्डौं । काठमाडौँ जिल्ला आज मिति २०८२ जेष्ठ ९ गते तारकेश्वर नगरपालिकाको न्यायिक समितिको निरीक्षणको लागि काठमाडौं जिल्ला अदालत, बबरमहलबाट आउनुभएको जिल्ला न्यायाधीश खेमराज भट्टज्युलाई न्यायिक समितिका संयोजक तथा नगर उप–प्रमुख सृजना बुर्लाकोटी अर्यालले उप–प्रमुखको कार्यकक्षमा स्वागत गर्नुभयो ।
आफ्नो मातहतका अदालत, न्यायिक, अर्ध–न्यायिक वा अधिकारीको कार्यलयको वर्षमा कम्तिमा १ पटक निरीक्षण गर्नुपर्ने ब्यवस्था बमोजिम जिल्ला अदालतबाट निरीक्षणको लागि आउनुभएको निरीक्षण टोलिले तारकेश्वर नगरपालिकाको न्यायिक समितिले गरेका कार्यहरूको निरीक्षण गरि राम्रा कामको प्रशंसा गरि सुधार गर्नु पर्ने कामको लागि सुझाव दिनुभयो । न्यायीक समितिका सदस्य उज्वल अधिकारी र मिरा थापा र कर्मचारीको उपस्थिति रहेको यस निरीक्षण कार्यमा तारकेश्वर नगरपालिकाले गरेका न्यायिक कार्यको बिषयमा कानुन शाखा प्रमुख सृष्टि लामिछानेले राख्नुभएको थियो । जिल्ला न्यायाधीश खेमराज भट्ट र उहाँको टोलिलाई नगर उप–प्रमुख सृजना बुर्लाकोटी अर्यालले मायाको चिनो प्रदान गर्नुभयो ।
न्यायीक समितिको निरिक्षणका लागि जिल्ला अदालतको न्यायधीक टोली तारकेश्वरमा


प्रतिक्रिया दिनुहोस्