राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका खेलहरु जारी, आज तारकेश्वरले कति पदक जित्यो ?

Sagarmatha Post
Sagarmatha Post १० जेष्ठ २०८२, शनिबार
2 Min Read
Aa

काठमाण्डौं । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी रहेको छ । काठमाडौँ जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित काठमाडौँ जिल्ला स्तरीय १४औ राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता अन्तर्गत आज जेठ १० गते शनिबार पनि विभिन्न खेलहरु भएका छन । नगर प्रमुख कृष्ण हरि महर्जनज्यु विभिन्न खेलमैदानमा पुगि खेलाडिहरुलाई हौसला प्रदान गर्नुभएको छ । आज दशरथ रंगशालाको कबर्डहलमा भएको मार्सल आर्ट बिधा तर्फको उशु खेलको थाउलो बिधामा तारकेश्वर नगरपालिकाले २ स्वर्ण र ४ रजत प्राप्त गर्न सफल भएको छ भने उसु खेलको सान्साउ बिधामा ३ स्वर्ण र २ रजत प्राप्त गर्न सफल भएको छ । नगर प्रमुख कृष्ण हरि महर्जनज्युले बिजेता खेलाडीलाई बधाई दिनुभएको थियो ।यसरी अहिलेसम्म भएको खेलहरुमा कुल २० स्वर्ण प्राप्त गरि हालसम्म तारकेश्वर नगरपालिका प्रथम स्थानमा रहेको छ ।
उसु बिधातर्फको नतिजा…..
थाउलो इभेन्ट
१) नानक्वान (पुरुष) एलेक्स महर्जन – स्वर्ण पदक
२) ताइची (पुरुष) एनेक्स महर्जन – स्वर्ण पदक
३) नानक्वान (महिला) करिना बोहरा – रजत पदक
४) चानक्वान (पुरुष) सोहन तामाङ – रजत पदक
५) चानक्वान (महिला) रिहाना ग्लान – रजत पदक
६) ताइची (महिला) बिपना तामाङ – रजत पदक
सान्साउ इभेन्ट
१) ४२ केजी (महिला) आयुष्ना अधिकारी – स्वर्ण पदक
२) ४८ केजी (महिला) अनु मोक्तान – स्वर्ण पदक
३) ४८ केजी (पुरुष) सुरज अछामी – स्वर्ण पदक
४) ४२ केजी (पुरुष) युजेन महर्जन – रजत पदक
५) ४५ केजी (पुरुष) बारिन तामाङ – रजत पदक

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्