तारकेश्वर नगरपालिका काठमाडौँ जिल्ला स्तरीय १४ औ राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगितामा २० स्वर्ण पदक सहित प्रथम

Sagarmatha Post
Sagarmatha Post १२ जेष्ठ २०८२, सोमबार
2 Min Read
Aa

काठमाडौं  ।  तारकेश्वर नगरपालिका काठमाडौँ जिल्ला स्तरीय १४ औ राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगितामा २० स्वर्ण पदक सहित प्रथम स्थानमा रहेको छ।

जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित काठमाडौँ जिल्ला स्तरीय १४ औ राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता अन्तर्गत जेठ १० गते शनिबार पनि विभिन्न खेलहरु भएका छन । नगर प्रमुख कृष्ण हरि महर्जन विभिन्न खेलमैदानमा पुगि खेलाडी हरुलाई हौसला प्रदान गर्नुभएको छ । दशरथ रंगशालाको कबर्डहलमा भएको मार्सल आर्ट बिधा तर्फको उशु खेलको थाउलो बिधामा तारकेश्वर नगरपालिकाले २ स्वर्ण र ४ रजत प्राप्त गर्न सफल भएको छ भने उसु खेलको सान्साउ बिधामा ३ स्वर्ण र २ रजत प्राप्त गर्न सफल भएको छ । नगर प्रमुख कृष्ण हरि महर्जनले बिजेता खेलाडीलाई बधाई दिनुभएको थियो ।यसरी अहिलेसम्म भएको खेलहरुमा कुल २० स्वर्ण प्राप्त गरि हालसम्म तारकेश्वर नगरपालिका प्रथम स्थानमा रहेको छ ।

उसु बिधातर्फको नतिजा…..

थाउलो इभेन्ट

१) नानक्वान (पुरुष) एलेक्स महर्जन – स्वर्ण पदक

२) ताइची (पुरुष) एनेक्स महर्जन – स्वर्ण पदक

३) नानक्वान (महिला) करिना बोहरा – रजत पदक

४) चानक्वान (पुरुष) सोहन तामाङ – रजत पदक

५) चानक्वान (महिला) रिहाना ग्लान – रजत पदक

६) ताइची (महिला) बिपना तामाङ – रजत पदक

 

सान्साउ इभेन्ट

१) ४२ केजी (महिला) आयुष्ना अधिकारी – स्वर्ण पदक

२) ४८ केजी (महिला) अनु मोक्तान – स्वर्ण पदक

३) ४८ केजी (पुरुष) सुरज अछामी – स्वर्ण पदक

४) ४२ केजी (पुरुष) उजेन महर्जन – रजत पदक

५) ४५ केजी (पुरुष) बारिन तामाङ – रजत पदक

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्