राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका खेलहरु जारी, तारकेश्वरले जित्यो आज यति पदक

Sagarmatha Post
Sagarmatha Post १२ जेष्ठ २०८२, सोमबार
1 Min Read
Aa

काठमाण्डौं । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी रहेको छ । काठमाडौँ जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित काठमाडौँ जिल्ला स्तरीय १४औ राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता अन्तर्गत आज जेठ १३ गते सोमवार पनि खेलहरु भएका छन । नगर उप–प्रमुख सृजना बुर्लाकोटी अर्याल खेलमैदानमा पुगि खेलाडिहरुलाई हौसला प्रदान गर्नुभएको छ । आज तारकेश्वर नगरपालिकाको प्रारम्भ वल्र्ड स्कुलको कोर्टमा भएको मार्सल आर्ट तर्फको तेक्वान्दो बिधाको १२ स्वर्णको लागि प्रतिस्पर्धा भएको खेलमा तारकेश्वर नगरपालिकाले ८ स्वर्ण प्राप्त गर्न सफल भएको छ । नगर उप–प्रमुख सृजना बुर्लाकोटी अर्यालले बिजेता खेलाडीहरुलाई बधाई दिनुभएको थियो । यसरी १४औ काठमाडौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिताका सम्पुर्ण खेलहरु सकिएका छन ।
बिजयी खेलाडी, प्रशिक्षक र खेल संयोजकलाई तारकेश्वर नगरपालिका परिवार हार्दिक बधाई व्यक्त गर्दछ ।
तेक्वान्दोको नतिजा…..
स्वर्ण पदक = ८
रजत पदक = ५
कास्य पदक = ६

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्