विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदमा लक्ष्मण हुमागाईंलाई नियुक्त

Sagarmatha Post
Sagarmatha Post १४ जेष्ठ २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौँ,  सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो । मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले बाफिकोट–खुंग्री १३२ के.भी प्रशारण लाइन आयोजनाको लागि ३.२७८ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको जानकारी दिए । त्यस्तै नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक पदमा वरिष्ठ वैज्ञानिक डा. कृष्णप्रसाद तिम्सीनालाई नियुक्त गरेको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्