काठमाडौंं । बागमती प्रदेश सरकार र तारकेश्वर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित ‘गृहणी महिला सशक्तिकरण कार्यक्रम’ अन्तर्गत “अचार+गुन्द्रुक बनाउने तालिम” को समापन कार्यक्रम आज सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशको समाजिक विकास मन्त्री माननीय हरी प्रभा खड्की (श्रेष्ठ), विशेष अतिथि तारकेश्वर नगरपालिका उपप्रमुख सृजना बुर्लाकोटी (अर्याल), तथा अतिथि महिला बालबालिका शाखा प्रमुख प्रतिमा मिश्र लगायत तालिममा सहभागी प्रशिक्षार्थी महिलाहरू, नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि र पत्रकारहरूको उपस्थिति रहेको थियो।
यस तालिमले स्थानीय महिलाहरूलाई आत्मनिर्भर बन्न र आयमूलक क्रियाकलापमा संलग्न हुन प्रोत्साहन गरेको छ। प्रशिक्षण पूरा गर्ने प्रशिक्षार्थी हरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्